Suvadin, Home

नेपाल सेवा लघुवित्त साधारण सेयर जारी गर्ने

नेपाल सेवा लघुवित्तले साधारण सेयर जारी गर्न धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको छ। लघुवित्तले एक लाख ८० हजार कित्ता आइपीओ एक सय रुपैयाँ अंकित दरले जारी गर्न अनुमति मागेको हो।

काठमाडौं,मसिंर १२ – नेपाल सेवा लघुवित्तले साधारण सेयर जारी गर्न धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको छ। लघुवित्तले एक लाख ८० हजार कित्ता आइपीओ एक सय रुपैयाँ अंकित दरले जारी गर्न अनुमति मागेको हो।

सिन्धुपाल्चोकको फटकसिलामा २०७१ मंसिर ८ गतेबाट  कारोवार सञ्चालन गरेको लघुवित्तको अधिकृत पूँजी १० करोड तथा जारी पूँजी ६ करोड रुपैयाँ रहेको छ। लघुवित्तले सर्वसाधारणलाई एक करोड ८० लाख रुपैयाँको साधारण सेयर निस्काशन गर्न लागेको हो।

लघुवित्तले संस्थापकबाट शतप्रतिशत हकप्रद जारी गरी ४ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी जम्मा गरेको छ। साधारण शेयर निस्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी ६ करोड रुपैयाँ पुग्नेछ।

नेपाल सेवा लघुवित्तले एनएमबी क्यापिटललाई साधारण सेयर जारी गर्नका लागि सेयर निष्काशन तथा विक्री प्रबन्धक तोकेको छ। धितोपत्र बोर्डबाट अनुमति पाएको दुई महिना भित्रमा कम्पनीले सर्वसाधरणमा आइपिओ जारी गर्ने बताएको छ।

लघुवित्तले सिन्धुपाल्चोकको १२ वटा गाविस सहित रसुवा र नुवाकोट गरी ३ जिल्लामा आठ वटा वटा शाखा कार्यालय मार्फत साढे २१ करोड भन्दा बढी कर्जा लगानी गरिसकेको छ। लघुवित्तले हालसम्म चार हजार सात सय जना सदस्यहरुलाई लघु कर्जाको सेवा प्रदान गरेको छ।

तीन करोड ६४ लाख २७ हजार पूँजी रहेको नेपाल सेवा लघुवित्तले चालु आवको प्रथम त्रैमासमा एक लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। उसको जगेडा कोषमा १२ लाख ७ हजार रुपैयाँ सञ्चित रहेको छ।


 

More form the Internet

loading...