सेयर कारोबार वैशाख २५ गतेसम्म बन्द हुने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले वैशाख २५ गतेसम्म सेयर बजार बन्द गर्ने निर्णय गरेको छ । नेप्से सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
सरकारले लक डाउन अवधि लम्ब्याएपछि नेप्सेले पनि सेयर बजार बन्द गर्ने घोषणा गरिएको बताइएको छ । लक डाउन भएसँगै सेयर कारोबार पनि रोकिंदै आएको छ ।
धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को दफा २१ मा प्राकृति प्रकोप, राष्ट्रिय संकट वा काबु बाहिरको परिस्थिति आइपरेमा धितोपत्र बजार (नेप्से) ले धितोपत्र बोर्डलाई जानकारी दिई कारोबार प्रणाालीको सञ्चालन निश्चित समयका लागि स्थगन गर्न सक्ने व्यवस्था छ ।