Suvadin, Home
Nepal life 1.831M

पुसकाे अन्तिम साता शेयर बजार निराशाजनक

शेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले सरकारी ढुकुटिमा रहेको रकम बैंकिङ प्रणालीमा ल्याउने गृहकार्य भइरहेकोमा त्यसको सम्भावना नदेखिएको खबर सार्वजनिक भएकाले बजार घटेकाे छ।
सांकेतिक तस्वीर।

काठमाडौं, २६ पुस – शेयर बजारमा पुस महिनाको अन्तिम साताकाे कारोबारमा बजार प्रभावित देखिएको छ। यस महिनामा व्यापारीहरूले कर तिर्ने र बैंकमा सावाँ र व्याजको किस्ता बुझाउने समय रहेकाले बजार प्रभावित भएकाे अनुमान गरिएकाे छ।

शेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले सरकारी ढुकुटिमा रहेको रकम बैंकिङ प्रणालीमा ल्याउने गृहकार्य भइरहेकोमा त्यसको सम्भावना नदेखिएको खबर सार्वजनिक भएकाले बजार घटेकाे छ।

नेप्से करिब १६ अंकले घटेको छ। नेप्सेकाे सुचक १ हजार ४ सय ४० मा सिमित भएको छ। बुधबार एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयरमा सक्रिट ब्रेक लागेर १० प्रतिशतले घटेको छ। कम्पनीले संस्थापक शेयर र साधारण शेयरकाे अनुपात ५१/४९ बनाउनुपर्ने भएको छ।

यसअघि साधारण शेयर मात्र रहेको कम्पनीले ६ सय प्रतिशत हकप्रदको प्रस्ताव गरेको थियो। कम्पनीले अनुपात मिलाउन प्रस्तावित हकप्रद घटाउनु पर्ने भएपछि शेयर कारोबार उच्चले घटेको हो।

कारोबारको शुरुमै एभरेष्ट इन्स्योरेन्सको मूल्य घटेपछि समग्र बीमा समूहको सूचक बढ्न सकेकाे छैन्।

बुधवार कारोबारमा आएका सबै सूचक घटेको छ। कारोबार रकम पनि घटेर ३७ करोडमा सिमित भएको छ। रकमको आधारमा नेपाल लाइफ, एभरेष्ट बैंक, सानिमामाई हाइड्रोको शेयर कारोबार उच्च रहेकाे छ।


 

More form the Internet

loading...