Suvadin, Home

अाेरालाे लाग्दै शेयर बजार

नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक लगातार ओरालो लागेर एक हजार ३ सय ८० बिन्दुमा पुगेको छ। ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ० दशमलव ७४ बिन्दुले घटेर २ सय ९२ बिन्दुमा पुगेको छ।
सांकेतिक तस्वीर

काठमाडौं, २९ माघ – लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा साेमबार पनि नेप्से परिसूचक ४ दशमलव ४२ बिन्दुले घटेको छ। 

नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक लगातार ओरालो लागेर एक हजार ३ सय ८० बिन्दुमा पुगेको छ। ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ० दशमलव ७४ बिन्दुले घटेर २ सय ९२ बिन्दुमा पुगेको छ। 

साेमबार कूल १ सय ५६ कम्पनीको ६ लाख ८४ हजार २८ कित्ता शेयर रु २४ करोड ६७ लाख ६ हजार ७ सय ८१ मूल्यमा कारोबार भएको छ। साेमबार व्यापार ४ दशमलव ७२, विकास बैंक ६ दशमलव ७६ र अन्य समूह ३ दशमलव ९३ बिन्दुले उकालो लागेको थियो।

बैंकिङ चार, होटल ९ दशमलव २८, जलविद्युत् १ दशमलव ७४, फाइनान्स २ दशमलव १६, बीमा ७३ दशमलव ०३, उत्पादन १४ दशमलव ६३ र माइक्रोफाइनान्स ६ दशमलव ७ बिन्दुले ओरालो लागेको छ। 


 

More form the Internet

loading...