Suvadin, Home
Citizen Bank 392.9k
Bridge Water

वेभसाइटमा समस्या उत्पन्न भएपछि नेप्से राताम्मै

नेप्सेको वेभसाइट बिग्रदा कारोबार मापन गर्ने मुख्य सूचक, उपसूचक र कारोबारको बारे प्रत्यक्ष जानकारी नपाउदा लगानीकर्तामा देखिएको अन्योलले शेयर कारोबारमा समेत गिरावट आएको हो।
तस्वीरः नेप्से

काठमाडाैं, २८ माघ – नेपाल स्टक एक्सचेन्ज नेप्सेको वेभसाइटमा अाइतबार समस्या उत्पन्न भएपछि नेप्सेकाे सूची राताम्मे भएकाे छ।

नेप्सेको वेभसाइट बिग्रदा कारोबार मापन गर्ने मुख्य सूचक, उपसूचक र कारोबारको बारे प्रत्यक्ष जानकारी नपाउदा लगानीकर्तामा देखिएको अन्योलले शेयर कारोबारमा समेत गिरावट आएको हो।

गत बिहीबार झण्डै दोहोरो अंकले बढेर करिब २७ करोडको कारोबार भएको बजार आइतबार ६ दशमलब ३२ अंकले झरेको छ। कारोबार रकम समेत २४ करोडमा सिमित भएको छ। यस दिन कारोबार गरेका सबै समूहका सूचक ओरालो लागेका छन्।

आइतबार बजार खुलेदेखि नै साइटमा समस्या उत्पन्न भएको थियो। प्राविधिक समस्या आउँदा बजार खुले पनि लगानीकर्ताले घर तथा कार्यालयमा बसेर शेयर कारोबार हेर्न पाएका थिएनन्।

नेप्सेले कारोबारको ग्राफ देखाएको भएपनि कारोबार रकम, कारोबार कित्ता तथा नेप्से सूचक देखाएको थिएन्र। बजार बन्द हुने केही समय अघि मात्र नेप्सेको वेभसाइट सुचारु भएको थियो।

यसदिन सबैभन्दा धेरै ओम डेभलपमेन्ट बैंकको संस्थापक शेयर एक करोड ७४ लाख बराबरको कारोबार भएकाे छ। कालिका माइक्रो क्रेडिटका लगानीकर्ताले सबैभन्दा धेरै ६ प्रतिशतका दरले कमाएकाे छ। आरएसडिसी लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै झण्डै दश प्रतिशतका दरले गुमाएकाे छ।