Suvadin, Home

शेयर बजार दोहोरो अङ्कले घट्यो

नेप्से परिसूचकमा आएको गिरावट जस्तै कारोबार रकममासमेत गिरावट आएको छ। कूल १६० कम्पनीको ९ लाख ८७ हजार ३२१ कित्ता शेयर रु २४ करोड ९१ लाख ९६ हजार २७० मूल्यमा खरिद बिक्री भएको छ। स्टकका अनुसार बैंकिङ ८ दशमलब ६८, होटल ४८ दशमलब ७६, विकास बैंक ११ दशमलब ९६, जलविद्युत् ११ दशमलब शून्य चार, वित्त ३ दशमलब शून्य एक, निर्जीवन बीमा ७६ दशमलब ६५, उत्पादन ११ दशमलब शून्य आठ, अन्य ७ दशमलब २६, माइक्रोफाइनान्स ९ दशमलब शून्य दुई र जीवन बीमा १७ दशमलब शून्य एकले घटेको छ।

काठमाडौं, १२ कात्तिक – लगातार ओरोलो लाग्दै शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ।

कारोबार मापक नेप्से परिसूचक १० दशमलब १४ बिन्दुले घटेर एक हजार २१७ दशमलब ३५ बिन्दुमा पुगेको छ। यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलब शून्य एक बिन्दुले घटेर २५८ दशमलब ९५ बिन्दुमा पुगेको छ। आइतबार पनि बजार १४ दशमलब ४३ बिन्दुले घटेको थियो।

नेप्से परिसूचकमा आएको गिरावट जस्तै कारोबार रकममासमेत गिरावट आएको छ। कूल १६० कम्पनीको ९ लाख ८७ हजार ३२१ कित्ता शेयर रु २४ करोड ९१ लाख ९६ हजार २७० मूल्यमा खरिद बिक्री भएको छ। स्टकका अनुसार बैंकिङ ८ दशमलब ६८, होटल ४८ दशमलब ७६, विकास बैंक ११ दशमलब ९६, जलविद्युत् ११ दशमलब शून्य चार, वित्त ३ दशमलब शून्य एक, निर्जीवन बीमा ७६ दशमलब ६५, उत्पादन ११ दशमलब शून्य आठ, अन्य ७ दशमलब २६, माइक्रोफाइनान्स ९ दशमलब शून्य दुई र जीवन बीमा १७ दशमलब शून्य एकले घटेको छ।

आज रिडी हाइड्रो पावर कम्पनी, खानीखोला हाइड्रो पावर कम्पनी र साना किसान बैंकको लगानीकर्ताले कमाएका छन् भने रैराङ हाइड्रो पावर कम्पनी, पोखरा फाइनान्स लिमिटेड र एनआइबिएल प्रगति फण्ड र युनाइटेड मोदी हाइड्रो पावरका लगानीकर्ताले गुमाएका छन्।


 

More form the Internet

loading...