Suvadin, Home

Cover Image

लगानीकर्ताको विरोधका बाबजुत शेयर बजारमा सुधार

सोमबार नेप्से सूचक १५.१७ अंकले बढेर ११८२.७८ विन्दुमा पुगेर बन्द भएकाे छ। समग्रमा बजार १.३०% ले सुधार भएको हो।

काठमाडाैं, २ पुष – पूँजी बजारको विकास र विस्तारको लागि भन्दै शेयर लगानीकर्ताको दबाब समूहले अामरण अनशन बसेर सोमबार कारोबार नगर्न अपिल गरेपनि केही समयपछि अहिले कारोबार सुचारु भएको छ।

सोमबार नेप्से सूचक १५.१७ अंकले बढेर ११८२.७८ विन्दुमा पुगेर बन्द भएकाे छ। समग्रमा बजार १.३०% ले सुधार भएको हो। काराेबारमा अाएका १५९ वटा कम्पनीको  ६० हजार ५१८ कित्ता शेयर ४२ करोड ३ लाख रुपैयाँ भन्दा धेरैको किनबेच भएका छन्।

अर्थमन्त्री डा. युवराज खतिवडा, धितोपत्र बोर्डका अध्यक्ष रेवत बहादुर कार्की, गर्भनर चिरञ्जीवि नेपाल, बीमा समितिका अध्यक्ष चिरञ्जिवि चापागाई र र नेप्से अध्यक्ष लक्ष्मण न्यौपानेको बर्खास्तीको माग गर्दै सोमबार ११ बजेदेखि लगानीकर्ताका दबाब समूहका संयोजक हरि ढकाल र सदस्य तिलक कोइराला आमरण अनशन बसेका छन्।

करोबार नगर्न अपिल हुँदा पनि बजारमा राम्रो सुधार देखिएको छ। अाज काराेबारमा अाएका ११ उपसूचक मध्ये ट्रेडिङ बाहेक सबै सकारात्मक देखिएका छन्। छिमेक लघुवित्तले सबैभन्दा बढी काराेबार गरेकाे छ। यसैगरी, कारोबार रकमकै आधारमा नेपाल बैंक दोस्रो र ग्लोबल आइएमई बैंकको संस्थापक सेयर तेस्रो भएका छन्। 


 

More form the Internet

loading...