Suvadin, Home

शेयर बजारकाे अारालाे लाग्ने क्रम पूनः सुचारु

आइतबार ११ दशमलव ०५ अंकले घटेर १ हजार ४ सय १३ दशमलव ९० विन्दुमा झरेको छ। कारोबारमा आएका अधिकांस समूह ओरालो लागेपछि समग्र बजार ओरालो लागेको हो। नेप्सेमा आएको गिरावट सँगै कारोबार रकम समेत घटेको छ।

काठमाडाैं, फागुन ६ – ओली सरकार गठन भएको दिन ३६ अंकले बढेको शेयर बजार आइतबार दोहोरो अंकले अाेरालाे लागेकाे छ। गत केही हप्तादेखि निरन्तर ओरालो लागेर १ हजार ३ सय ८० अंकमा पुगेको बजार गत बिहीबार एक्कासी उच्च अंकले बढेर तल्लो विन्दुमा शेयर खरिद गर्नेहरु सक्रिय हुँदा बजारमा नकारात्मक प्रभाव परेको थियाे।

आइतबार ११ दशमलव ०५ अंकले घटेर १ हजार ४ सय १३ दशमलव ९० विन्दुमा झरेको छ। कारोबारमा आएका अधिकांस समूह ओरालो लागेपछि समग्र बजार ओरालो लागेको हो। नेप्सेमा आएको गिरावट सँगै कारोबार रकम समेत घटेको छ।

यसदिन १ सय ५९ कम्पनीको ५९ करोड ६ लाख रुपैयाँको काराेबार भएको छ। गत बिहीबार ६६ करोड ३९ लाख बराबरको शेयर कारोबार भएको थियो।

गत बिहीबार स्थायी सरकार गठन हुने भएपछि शेयर बजार ह्वात्तै बढेको थियो। तर, सरकार र सरकारमा साझेदार गर्ने दलहरुबीचको वार्ताको क्रमनै जारी रहेकाले लगानीकर्तामा अन्योलता पैदा भएको छ।

अर्कातर्फ निरन्तर घटेको बजार एक्कासी बढेपछि नाफा सुरक्षित गर्नेहरु पनि बजारमा सक्रिय हुँदा बजारमा बिक्रीको चाप बढ्न जादा नेप्से ओरालो लागेको हो।

त्यस्तै विगतमा कम्पनीहरुले वितरण गरेका हकप्रद र बोनस सूचिकरणले बजारमा आपूर्ति निरन्तर बढीरहेको छ। जसले गर्दा बजारमा शेयर संख्या धेरै भएको छ। जसको अनुपातमा बजारमा नयाँ लगानीकर्ता थपिन सकेका छैनन्।

अर्कातर्फ बैंक तथा वित्तीय संस्थामा तरलता अभाव चुलिएको छ। लगानीयोग्य पुँजी अभावमा बैंकहरुले चर्को ब्याज दिएर निक्षेपकर्ता तानिरहेका छन्। यसको असर पुँजी बजारमा पर्दै आएको छ।

सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंकको २ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ। बोटलर्स नेपालका शेयरधनीले सबैभन्दा धेरै ४ दशमलव ०२ प्रतिशतले कमाएको बजारमा प्रोग्रेसिभ फाइनान्सका शेयरधनीले ७ दशमलव ५ प्रतिशतले गुमाएका छन्।


 

More form the Internet

loading...