Suvadin, Home
अाज सबैभन्दा बढी नबिल बैंक लिमिटेडको प्रमोटर शेयर कारोबार भएको छ। नबिलको ३ करोड २० लाख भन्दा बढीको शेयर किनबेच भएको छ। सांग्रिला डेभलपमेन्ट बैंकका शेयरधनीले अाज सर्वाधिक कमाएका छन्। त्यस्तै एभरेष्ट इन्स्योरेन्सका शेयरधनीले सर्वाधिक गुमाएका छन्।

काठमाडौं, ५ मंसिर – विगत केही दिनदेखि लगातार अोरालो लागेको शेयर बजारमा बुधबार सामान्य सुधार देखिएको छ। नेप्से अाज १ अंकले बढेर १ हजार १ सय ८२ दशमलव ७४ मा 
पुगेर बन्द भएको छ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने शुन्य दशमलव ३५ अंकले बढेर २ सय ५१ दशमलव ४६ अंकमा पुगेर बन्द भएको छ। अाज कारोबारमा अाएका १५१ कम्पनीको ८ लाख ५२ हजार ७६८ कित्ता शेयर खरिदबिक्री हुँदा २६ करोड ८८ लाख ८४ हजार २७२ रुपैयाँको कारोबार भएको छ।

अाज सबैभन्दा बढी नबिल बैंक लिमिटेडको प्रमोटर शेयर कारोबार भएको छ। नबिलको ३ करोड २० लाख भन्दा बढीको शेयर किनबेच भएको छ। सांग्रिला डेभलपमेन्ट बैंकका शेयरधनीले अाज सर्वाधिक कमाएका छन्। त्यस्तै एभरेष्ट इन्स्योरेन्सका शेयरधनीले सर्वाधिक गुमाएका छन्। बैंङ्किङ समूह, विकास बैंक, फाइनान्स, अन्य र लाइफ इन्स्योरेन्स बढेका छन् भने होटल, जलविद्युत, निर्जीवन बीमा, उत्पादक तथा प्रशोधन र लघुवित्त समूह घटेका छन्।


 

More form the Internet

loading...