Suvadin, Home

लगानिकर्ताको अान्दोलन पश्चात बढेको शेयर बजार पुन घट्न शुरू

आज कूल १६६ कम्पनीको १४ लाख ४१ हजार २७७ कित्ता शेयर रु ४६ करोड ८५ लाख ६० हजार ३४९ मूल्यमा खरिद बिक्री भएका छन्। स्टकका अनुसार बैंकिङ २०.७५, होटल ३९.३९, विकास बैंक २४.४५, जलविद्युत् ३५.५९, वित्त क्षेत्र ५.६६, बीमा १७४.७६, उत्पादन १६.८, अन्य १४.७८ र माइक्रोफाइनान्स ३५.५४ बिन्दुले घटेको छ। 
सांकेतिक तस्वीर

काठमाडौं, २४ जेठ – लगानिकर्ताको अन्दोलन पश्चात बुधबार बढेको शेयर बजार आज पुनः घटेको छ। अाज शेयर बजार २५.६८ अंकले घटेर बन्द भएको हो।  

नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक दोहोरो अंकले घटेर एक हजार २५७.०७ बिन्दुमा पुगेको छ। यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ५.४७ बिन्दुले घटेको छ। 

आज कूल १६६ कम्पनीको १४ लाख ४१ हजार २७७ कित्ता शेयर रु ४६ करोड ८५ लाख ६० हजार ३४९ मूल्यमा खरिद बिक्री भएका छन्। स्टकका अनुसार बैंकिङ २०.७५, होटल ३९.३९, विकास बैंक २४.४५, जलविद्युत् ३५.५९, वित्त क्षेत्र ५.६६, बीमा १७४.७६, उत्पादन १६.८, अन्य १४.७८ र माइक्रोफाइनान्स ३५.५४ बिन्दुले घटेको छ। 

लगानीकर्ताको आन्दोलनका कारण मंगलबार बजार ठप्प नै भएको थियो। बुधबार सरकार र लगानीकर्ताबीच सहमति भएपछि अपराह्न १ बजेदेखि बजार खुलेको थियो। बजार खुलेलगत्तै करीब १८ अंकले बढेको थियो। 


 

More form the Internet

loading...