Suvadin, Home
Nepal life 1.068M

शेयर बजार दोहोरो अंकले उकालो लाग्यो

१७ अंकले नेप्से बढ्दा आधादर्जन कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ। उच्च कारोबार हुने र शेयरमूल्य बढ्नेमा बीमा कम्पनीहरुको अग्रता देखिएको छ। सोमबार नेप्से १७ दशमलव ४२ अंकले उकालो लागेर १ हजार २ सय ९७ अंकमा पुगेको छ। कारोबारमा आएका अधिकांश समूहका सूचक उकालो लागेपछि बजार दोहोरो अंकले बढेको हो।

काठमाडाैं, वैशाख ३ – मातातिर्थ अाैँसीकाे दिन शेयर बजार दोहोरो अंकले उकालाे लागेकाे छ। शेयर बजारमा सुधार आएपछि लगानीकर्ता बीमा कम्पनीहरुतर्फ अाकर्षित भएका छन्।

१७ अंकले नेप्से बढ्दा आधादर्जन कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ। उच्च कारोबार हुने र शेयरमूल्य बढ्नेमा बीमा कम्पनीहरुको अग्रता देखिएको छ।

सोमबार नेप्से १७ दशमलव ४२ अंकले उकालो लागेर १ हजार २ सय ९७ अंकमा पुगेको छ। कारोबारमा आएका अधिकांश समूहका सूचक उकालो लागेपछि बजार दोहोरो अंकले बढेको हो।

सेमि–अनलाइन कारोबार प्रणालीको शुरुवात र योसँगै पूर्ण स्वचालित कारोबार प्रणाली समयमै आउने खबर लगायतका कारणले बजारमा उत्साह छाएको छ। नेप्से इण्डेक्स् र कारोबार रकममा आएको समानान्तर वृद्धिले बजार सकारात्मक दिशामा जाने संकेत देखिएको छ।

बीमा कम्पनीको सूचक सबैभन्दा धेरै २ सय ९३ अंकले बढेको छ। माइक्रोफाइनान्स समूह ७२ दशमलव ११ अंक, बैकिङ समूह ४ दशमलव २८ अंक, होटल समूह ५२ दशमलव १६ अंक, विकास बैंक समूह १६ दशमलव ७५ अंक, जलविद्युत समूह १२ दशमलव २३, बित्त समूह १४ दशमलव ६७ अंक, उत्पादनमूलक ११ दशमलव २४ अंकले बढ्काे छ। यो दिन अन्य समूह १ दशमलव २१ अंकले घट्को छ।

यसदिन १ सय ६७ कम्पनीको ५७ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबार रकम अघिल्लो दिनको भन्दा २७ करोड बढी हो। शेयर बजारमा आएको बढोत्तरीले लगानीकर्ताको सम्पत्ति समेत बढेर १५ खर्ब २१ अर्ब नाघेको छ।

बजारमा सुधार आउँदा धेरै कमाउने र कारोबार गर्नेमा बीमा कम्पनीहरुको अग्रता देखिएको छ। यसदिन प्रभु इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स कम्पनी र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड रुपैयाँ बढीको शेयर किनबेच भएकाे छ। त्यस्तै नेको इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्सको पनि उच्च कारोबार भएको छ।

उच्च कारोबार गर्ने दश कम्पनीको सूचिमा कुमारी बैंक बाहेक सबै बीमा कम्पनी रहेका छन्। कारोबारमा मात्र होईन धेरै कमाउनेको सूचिमा पनि इन्स्योरेन्स कम्पनी नै अगाडि देखिएका छन्। विभिन्न ६ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन्। सबैभन्दा बढी प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन्।

त्यस्तै, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, नेपाल इन्स्योरेन्स कम्पनी, यूनाईटेड इन्स्योरेन्स कम्पनी एसियन लाइफ इन्स्योरेन्स कम्पनी र महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ९ प्रतिशत बढीले उकालो लागेको छ।


 

More form the Internet

loading...