Suvadin, Home

अार्थिक वर्षको पहिलो दिन कस्तो रह्यो शेयर बजार?

सूचीकृत कम्पनीहरुले चौथो आर्थिक वर्षको वित्तीय विवरण गर्ने मिति नजिकिएर अनलाईन कारोबार प्रणाली शुरुवात हुँदा समेत बजारले लगानीकर्तामा उत्साह बढाउन सकेको छैन। मंगलबार नेप्से ८.०५ अंकले घटेर १२०४.३१ अंकमा आइपुगेको छ। १५२ कम्पनीको ५ लाख १४ हजार १६१ कित्ता शेयर २० करोड ६० लाख रुपैयाँमा कारोबार भएको छ।

काठमाडाैं, १ साउन – चालू आर्थिक वर्षको पहिलो दिन तथा अनलाईन कारोबार प्रणालीको शुरुवात भएको दिनमा नै शेयर बजार मापक परिसूचक नेप्से र कारोबार रकम दुबै घटेको छ। 

सूचीकृत कम्पनीहरुले चौथो आर्थिक वर्षको वित्तीय विवरण गर्ने मिति नजिकिएर अनलाईन कारोबार प्रणाली शुरुवात हुँदा समेत बजारले लगानीकर्तामा उत्साह बढाउन सकेको छैन। मंगलबार नेप्से ८.०५ अंकले घटेर १२०४.३१ अंकमा आइपुगेको छ। १५२ कम्पनीको ५ लाख १४ हजार १६१ कित्ता शेयर २० करोड ६० लाख रुपैयाँमा कारोबार भएको छ।

यो गत सोमबारको तुलनामा ११ करोड २५ लाख रुपैयाँ कम काराेबार हो। सोमबार नेप्से १२.२७ अंकले बढेर ३१ करोड ८५ लाख रुपैयाँको कारोबार भएको थियो। गत वर्ष २०७४ साउन १ गते नै ६८ करोड १२ लाखको शेयर कारोबार भएको थियो।

नेप्सेले आजैबाट जीवन र निर्जीवन बीमा कम्पनीको उप सूचक छुट्टाएर अलग सूचकमा कारोबार थालेको छ। जीवन बीमाको सूचक पहिलो दिनमा नै ७४ अंक र निर्जीवन बीमाको सूचक ८७ अंकले घटेको छ।

कारोबारमा आएका ११ उप समूहमध्ये अन्य, वित्त र व्यापारमा सुधार आएको छ। बाँकी सबै सूचक झरेका छन्। धेरै घटेकामध्ये होटल ५३, जलविद्युत ३९, र उत्पादन ३५ अंकले घटेका छन्। नबिल बैंकको अधिक ६४ हजार ६०८ कित्ता शेयर कारोबार भएको छ। मंगलबारको कूल कारोबारमध्ये २८ प्रतिशत अर्थात पाँच करोड ८१ लाखको सेयर कारोबार नबिलको नै रहेको छ।

नेपाल लाइफ, नेपाल बैंक, नबिल बैंक संस्थापक, नेपाल इन्भेष्टमेन्ट बैंक, प्राईम लाइफ इन्स्योरेन्स लगायतका कम्पनी धेरै कारोबार हुने कम्पनीमा परेका छन्। रैराङ हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा बढी ६.७६ प्रतिशतले बढेको छ। कन्काई विकास बैंक, नेपाल हाइड्रो डेभलपर, गुडविल फाइनान्स र ङादी ग्रुप पावरको शेयरमूल्य ३ प्रतिशत बढीले बढेको छ।

बोटलर्स नेपाल तराई, नेपाल इन्स्योरेन्स, गण्डकी विकास बैंकको शेयरमूल्य ५ प्रतिशतले घटेको छ। मिथिला लघुवित्त, चिलिमे हाइड्रोपावर, शिखर इन्स्योरेन्स र एनआईबिएल प्रगति फण्डको इकाको शेयरमूल्य पनि ४ प्रतिशत बढीले घट्यो।


 

More form the Internet

loading...