Suvadin, Home
Nepal life 3.284M

नेप्सेमा ५.४६ अंकको गिरावट

यस दिन सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ। जसको आज ३ करोड ५२ लाख ७२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

काठमाडौं, पुस ४ – बैंकहरुकाे निक्षेपमा ब्याजदर वृद्धि र लगानिकर्ताको अन्सनका कारण मंगलबार दोहोरो अंकले घटेको बजार बुधबार नेप्से ५ दशमलव ४६ अंकले घटेको छ। नेप्से १ हजार १ सय ६२ दशमलव ७० को बिन्दुमा पुगेर बन्द भएको हो।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक १ दशमलव २६ अंकले घटेर २ सय ४७ दशमलव ३३ अंकमा पुगेर बन्द भएको छ। आज कारोबारमा आएका १० उपसूचक मध्ये ४ वटा समूह मात्र सकारात्मक रहे भने अन्य ६ समूह नकारात्मक रहे।

आज कारोबारमा आएका १५८ कम्पनीको १३ लाख २ हजार ८२२ कित्ता शेयर खरिदबिक्री हुँदा ३८ करोड ७२ लाख ९२ हजार ९०८ रुपैयाँको कारोबार भएको छ। यस दिन सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ। जसको आज ३ करोड ५२ लाख ७२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज काबेली विकास बैंकका लगानीकर्ताहरु सर्वाधिक कमाएका छन्। जसको शेयर मूल्यमा ९ दशमलव ९३ प्रतिशतले बढेको छ। साथै सर्वाधिक गुमाउनेमा न्यादी ग्रुप पावर लिमिटेडका लगानीकर्ताहरु रहेका छन्। जसको शेयर मूल्यमा ७ दशमलव ३१ प्रतिशतले घटेको छ।


 

More form the Internet

loading...