Suvadin, Home

नेप्से घट्दा समताका शेयरधनीले बढी गुमाए

अाज कारोबारमा अाएका १५३ कम्पनीको १३ लाख ९६ हजार ९२७ कित्ता शेयर ४० करोड ४८ लाख ४ हजार ७३४ रुपैयाँमा किनबेच भएको छ। बुधबार सबैभन्दा बढी नेपाल बैंकको कारोबार भएको छ। जसको आज १५ करोड ६६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

काठमाडौं, १२ मंसिर – शेयर बजार अाज फेरि अोरालो लागेको छ। नेप्से बुधबार २ दशमलव १० अंकले घटेर १ हजार १ सय ५९ दशमलव ३८ को बिन्दुमा पुगेर बन्द भएको छ। बुधबार कारोबारमा अाएका १० उपसूचकमध्ये अन्य समूह बाहेक सबै नकारात्मक बनेका छन्।

अाज कारोबारमा अाएका १५३ कम्पनीको १३ लाख ९६ हजार ९२७ कित्ता शेयर ४० करोड ४८ लाख ४ हजार ७३४ रुपैयाँमा किनबेच भएको छ। बुधबार सबैभन्दा बढी नेपाल बैंकको कारोबार भएको छ। जसको आज १५ करोड ६६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै यस दिन जसमा सर्वाधिक कमाउनेमा सिटिजन्स म्युचल फण्ड १, ग्रामिण विकास लघुवित्त, कर्णली डेभलपमेन्ट बैंक, न्यादी ग्रुप पावर र छयादी हाइडोपावरका लगानीकर्ताहरु रहेका छन्। जसको शेयर मूल्यमा ३ प्रतिशत देखि ३ दशमलव ९७ प्रतिशतले बढेको छ।

समता माइक्रोफाइनान्स वित्तीय संस्था र निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सर्वाधिक गुमाएका छन्। जसको शेयर मूल्यमा ५ दशमलव ०९ प्रतिशत र ५ दशमलव ४१ प्रतिशतले घटेको छ।


 

More form the Internet

loading...