Suvadin, Home

अाज शेयर बजारमा सामान्य सुधार

अाज कारोबारमा अाएका १ सय ५४ कम्पनीको ७ लाख ८८ हजार १६९ कित्ता शेयर २३ करोड १६ लाख ८२ हजार ९ सय ३१ रुपैयाँमा किनबेच भयो। कारोबारमा आएका १० उपसमूह मध्ये ५ सूचक सकारात्मक रहे भने ५ सूचक नकारात्मक रहे।

काठमाडाैं, ११ मंसिर – सोमबार अनलार्इन प्रणाली प्रभावकारी बनाउन लगानीकर्ता अान्दोलनमा उत्रिएपछि अाज भने शेयर बजारमा सुधार अाएको छ। मंगलबार नेप्से १.३१ अंकले बढेर १ हजार १६१.४३ को बिन्दुमा पुगेर बन्द भएको हो।

अाज कारोबारमा अाएका १ सय ५४ कम्पनीको ७ लाख ८८ हजार १६९ कित्ता शेयर २३ करोड १६ लाख ८२ हजार ९ सय ३१ रुपैयाँमा किनबेच भयो। कारोबारमा आएका १० उपसमूह मध्ये ५ सूचक सकारात्मक रहे भने ५ सूचक नकारात्मक रहे। अाज कारोबारमा अाएका बैकिङ, होटल, विकास बैंक, जलविद्युत र अन्य सूचक सकारात्मक बनेका हुन्। होटल सबैभन्दा बढी १०.०८ अंकले बढेको भने फाइनान्स सबैभन्दा बढी ०.८१ अंकले गिरावट अाएको छ।

यसदिन सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीले सर्वाधिक कमाएका छन्। जसको शेयर मूल्यमा ८ दशमलव ३७ प्रतिशतले बढेको छ। साथै सर्वाधिक गुमाउनेमा एनएलजी इन्स्योरेन्सका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ३ दशमलव ९२ प्रतिशतले घटेको छ।


 

More form the Internet

loading...