Suvadin, Home

४ दशमलव ७३ अंकले नेप्से घट्यो

साताको पहिलो दिन आज नेप्से परिसूचक पहिलो १ घण्टाको व्यापारमा ४ दशमलव ६३ अङ्कले घटेको छ । बजार खुलेदेखि सामान्य उतार चढाव भई ओरालो लाग्न थालेको नेप्से परिसूचक शून्य दशमलव २९ प्रतिशतले घटेर १ हजार ५ सय ९९ दशमलव ६८ विन्दुमा ओरालो लागेको छ ।
फाईल फोटो


काठमाण्डौं, २१ जेठ –साताको पहिलो दिन आज नेप्से परिसूचक पहिलो १ घण्टाको व्यापारमा ४ दशमलव ६३ अङ्कले घटेको छ । बजार खुलेदेखि सामान्य उतार चढाव भई ओरालो लाग्न थालेको नेप्से परिसूचक शून्य दशमलव २९ प्रतिशतले घटेर १ हजार ५ सय ९९ दशमलव ६८ विन्दुमा ओरालो लागेको छ ।

सो अवधिसम्म ‘उत्पादन तथा प्रशोधन समूहको परिसूचक बाहेक सबै परिसूचक घट्नाले समग्र नेप्से परिसूचक ओरालो लागेको हो ।
यो अवधीसम्म आईपुग्दा होटल समूहको परिसूचक सबैभन्दा बढी १ दशमलव १ प्रतिशतले घटेको छ  

। त्यसैगरी, जलविद्युत समूहको परिसूचक शून्य दशमलव ९४, बैङ्किङको शून्य दशमलव ३७ प्रतिशत, बीमा शून्य दशमलव २७ प्रतिशत, विकास बैङ्कको शून्य दशमलव २२ प्रतिशत र वित्त कम्पनीको शून्य दशमलव शून्य ७ प्रतिशतले घटेको छ । दशमलव ५९ प्रतिशत र उत्पादन तथा प्रशोधनको परिसूचक शून्य दशमलव १५ प्रतिशतले बढेको छ ।


 

More form the Internet

loading...