Suvadin, Home

स्वदेशमै विकल्प खाेज्दै युवा, नयाँ साेचका साथ सुन्धारामा रेस्टुरेन्ट सञ्चालन

विजय क्षेत्रीसहितका युवाले करिब रु ८२ लाखको लगानीमा उक्त रेस्टुरेन्ट शुरु गरेका हुन्। क्षेत्रीले सुन्धारामा रहेका रेस्टुरेन्टभन्दा आफूहरूले फरक किसिमको स्तरीय र स्वादिलो खाना खुवाएर ग्राहकलाई संतुष्टि दिने बताए।

काठमाडौं, वैशाख २ – युवाको लगानीमा काठमाडौंकाे सुन्धारामा ‘पिस प्वाइन्ट फुडल्याण्ड’ नामको रेस्टुरेन्ट सञ्चालन गरिएको छ।

विजय क्षेत्रीसहितका युवाले करीब रु ८२ लाखको लगानीमा उक्त रेस्टुरेन्ट शुरु गरेका हुन्। क्षेत्रीले सुन्धारामा रहेका रेस्टुरेन्टभन्दा आफूहरूले फरक किसिमको स्तरीय र स्वादिलो खाना खुवाएर ग्राहकलाई संतुष्टि दिने बताए। 

रेस्टुरेन्ट नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेदेखि सञ्चालनमा आएको हो। ‘पिस प्वाइन्ट फुडल्याण्ड’लाई आगामी दिनमा अन्य स्थानमा पनि विस्तार गर्ने सोच रहेको क्षेत्रीले बताएका छन्।


 

More form the Internet

loading...