Suvadin, Home

सामसङ एसियाकै सर्वाधिक लोकप्रिय सूचीमा पर्न सफल 

सामसङ इलेक्ट्रोनिक्स कम्पनी एसियाकै सर्वाधिक लोकप्रिय ब्रान्डको सूचीमा परेको छ।
सामसङ मोवाइल।

काठमाडौं, असार २३– सामसङ इलेक्ट्रोनिक्स कम्पनी एसियाकै सर्वाधिक लोकप्रिय ब्रान्डको सूचीमा परेको छ। ग्यालेक्सी एस–८ को सफल लन्चसंगै सामसङ लोकप्रिय सूचीमा परेको हो। सस्तो र आकर्षक चिनियाँ मोबाइल फोनको बजारमा प्रवेशका बाबजुद सामसङले आफ्नो बिक्री र लोकिप्रियता हासिल गर्न सफल भएको छ।


क्याम्पियन एसिया प्यासिफिक र निल्सेनले सार्वजनिक गरेको प्रतिवेदन देखाउँदै कम्पनीले एसियामा पहिलो लोकप्रियता हासिल गरेको कम्पनीले जनाएको छ।एसियाका उत्कृष्ट १ हजार ब्रान्डमा सामसङ इलेक्ट्रोनिक्स पहिलो नम्बरमा परेको हो। अमेरिकी प्रविधि कम्पनी एप्पल दोस्रो स्थानमा परेको छ। यसपछि क्रमशः जापानको सोनी र स्विट्जरल्यान्डको नेस्ले परेका छन्।


सामसङले गत वर्ष सार्वजनिक भएको ग्यालेक्सी नोट सेभेनको घटनालाई पारदर्शी रुपमा सञ्चालन गरेको र यसै वर्ष ग्यालेक्सी एस–८ स्मार्टफोन सफलतापूर्वक सार्वजनिक गरेकाले पनि कम्पनी एसियामै लोकप्रिय ब्रान्ड बन्न सफल भएको क्याम्पियन एसिया प्यासिफिकले जनाएको छ।

गत वर्ष दक्षिण कोरियाली प्रविधि कम्पनीले ग्यालेक्सी नोट सेभेनको उत्पादन बन्द गरेको थियो। चार्ज गर्ने क्रममा संयन्त्रमा आगो लागेपछि सामसङले ग्यालेक्सी नोट सेभेनको उत्पादन बन्द गरेको हो।


अनुसन्धानले फोनबाट हटाउन नमिल्ने ब्याट्रीका कारण समस्या उत्पन्न भएको अनुसन्धानले देखाएको छ। यो पछिल्लो अनुसन्धान १३ एसियाली राष्ट्रका ६ हजार भन्दा बढी उपभोक्तामाझ सञ्चालन गरिएको थियो। एजेन्सी


 

More form the Internet

loading...