Suvadin, Home

काठमाडौंमा घरजग्गा कर्जा लिन कडाई

असार विकेन्द्रीकरणलाई प्रोत्साहन गर्ने हेतुले सरकारले काठमाडौं उपत्यकामा घरजग्गा कर्जामा कडाई गरेको छ। अब काठमाडौं उपत्यकाभित्र घरजग्गा किन्न खोज्नेले मूल्याङ्कनको ४० प्रतिशतमात्र कर्जा पाउनेछन्।
फाइल फोटो।


काठमाडौं, असार २५– असार विकेन्द्रीकरणलाई प्रोत्साहन गर्ने हेतुले सरकारले काठमाडौं उपत्यकामा घरजग्गा कर्जामा कडाई गरेको छ। अब काठमाडौं उपत्यकाभित्र घरजग्गा किन्न खोज्नेले मूल्याङ्कनको ४० प्रतिशतमात्र कर्जा पाउनेछन्। यसअघि यस्तो कर्जाको अनुपात ५० प्रतिशत रहेकामा नेपाल राष्ट्र बैंकले त्यसमा कडाई गरेको हो। 

आईतवार जारी आर्थिक वर्ष २०७४÷७५ को मौद्रिक नीतिले काठमाडौं उपत्यकाभित्र रियल स्टेट कर्जा र त्यसको सुरक्षणबीचको अनुपात (एलटीभी रेसियो) लाई हालको  ५० प्रतिशतबाट ४० प्रतिशतमा कायम गरेको हो। उपत्यकाबाहिरको स्थानमा भने पुरानै व्यवस्थालाई निरन्तरता दिइएको छ। 

संघीयता कार्यान्वयन भइसकोको स्थितिमा विकेन्द्रीत विकासलाई प्रोत्साहन गर्न हेतुले यस्तो व्यवस्था ल्याइएको गभर्नर डा चिरञ्जीवी नेपालले जानकारी दिए। त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने व्यक्तिगत आवासीय घर कर्जाको १ करोड रुपैयाँको सीमालाई वृद्धि गरी १ करोड ५० लाख रुपैयाँ कायम गरिएको छ।


 

More form the Internet

loading...