Suvadin, Home

अपर खिम्ती जलविद्युत आयोजनाको सेयर निष्कासन हुने 

रामेछापको चुचुरेमा निर्माणाधीन अपर खिम्ती जलविद्युत् आयोजनाले २४ करोड ७५ लाख रुपैयाँबराबरको साधारण सेयर निष्कासन गर्ने भएको छ।
फाइल फोटो।

काठमाडौं, असार २८–रामेछापको चुचुरेमा निर्माणाधीन अपर खिम्ती जलविद्युत् आयोजनाले २४ करोड ७५ लाख रुपैयाँबराबरको साधारण सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दामा ९ लाख ९० हजार कित्ता तथा सर्वसाधारणमा १४ लाख ८५ हजार कित्ता सेयर जारी गर्ने भएको हो।  हिमालय ऊर्जा विकास कम्पनीले सो सेयर निष्कासन गर्ने भएको छ। 

कम्पनीले साधारण सेयर निष्कासनका लागि नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको जनाएको छ। सेयर संकलनका लागि हिमालय ऊर्जा विकास कम्पनी लिमिटेड र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडबीच सेयर निष्कासनसम्बन्धी सम्झौता भएको छ।

सम्झौतापछि सेयर निष्कासन तथा बिक्री प्रबन्धकको तर्फबाट नबिल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीसहितको टोलीले आयोजना र प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरेको बताईएको छ। अपर खिम्तीले १२ मेगावाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। दुवै आयोजनाको ४० प्रतिशत काम पूरा भइसकेको छ।

इक्रा रेटिङसमेत गरी धितोपत्र बोर्डमा सेयर निष्कासनका लागि आवेदन गरी अनुमति पाएर सर्वसाधारणमा सेयर निष्कासन हुन लामो समय लाग्न सक्छ।स्थलगत भ्रमणपछि नबिल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत पराजुलीले सबै प्रक्रिया पूरा गरेर आयोजना प्रभावित स्थानीयका लागि आउँदो असोज कात्तिकमा सेयर निष्कासन गर्ने समेत जानकारी दिएका छन्। 


 

More form the Internet

loading...