Suvadin, Home

चुडामणी शर्मालाई विशेष अदालत पुर्याइयो
१० अर्ब ९६ करोड भ्रष्टाचारको आरोपसहितको मुद्दा दर्ता हुँदै  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा विरुद्ध मुद्दा दर्ता गर्न शुक्रबार विशेष अदालत पुर्याएको छ।
चुडामणि शर्मा ।

काठमाडौं, असार ३०–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा विरुद्ध मुद्दा दर्ता गर्न शुक्रबार विशेष अदालत पुर्याएको छ। आयोगले विहानै साढे नौबजे शर्मालार्इ मुद्दा दर्ता गर्न अदालत पुर्याएको हो। शर्मासहित कर फर्छ्यौट आयोगका पदाधिकारीलाई १० अर्ब ९६ करोड रुपैयाँ भ्रष्टाचारको आरोप सहित आजै मुद्दा दर्ता हुनेछ।

बिहीवार मुद्दा लिएर अख्तियारको टोली अदालत पुगेपनि समय अभावका कारण दर्ता हुन नपाएको पाएको थिएन। टिका लगाएका शर्माको हातमा नेपालको संविधान र कापी बोकेका छ।शर्माले निलोकोट र सेतो सर्ट लगाएका छन्।बिहीवार शर्मालार्इ अपरान्ह सवा चार बजेतिर अख्तियारको टोलीले अदालतमा उपस्थित गराएको थियो। शर्माको मिसिल रुजु गर्न समय लागेकोले मुद्दा दर्ता हुन नसकेको हो। चुडामणि सहित फर्छ्यौट आयोग पदाधिकारी विरुद्ध अहिलेसम्मकै ठूलो भ्रष्टाचार मुद्दा दायर हुन लागेको हो।
 

कर फर्छ्यौट आयोग २०७१ मार्फत भ्रष्टाचार गरेको अभियोगमा ३५ दिन अघि शर्मालाई अख्तियारले पक्राउ गरेको थियो। उनी फर्छ्यौट आयोगका सदस्य सचिव थिए। आयोगले ३० अर्ब रुपैयाँ कर फर्छ्यौट गर्दै २१ अर्ब रुपैयाँ हाराहारी व्यवसायीलाई छुट दिएको थियो।
 
अख्तियारले आयोगका अध्यक्ष महत र अर्का सदस्य ढकाललाई पनि बयानका लागि पत्र काटेकोमा शर्मा पक्राउसँगै उनीहरु फरार छन्। फर्छ्यौट आयोग पदाधिकारी बिरुद्ध मुद्दा दायर गर्न अख्तियारले ३०० पृष्ठको फायल तयार गरेको छ। त्यसमध्ये मिसिल मात्र ८० पृष्ठको छ। अख्तियारले फर्छ्यौट आयोगबाट छुट दिएको २० अर्ब ९८ करोड रुपैयाँमध्ये १० अर्ब दुई करोड रुपैयाँ मात्र सदर गरेको हो। 

अख्तियारको अनुसन्धान जारी रहँदा शर्माकी श्रीमती कल्पना उप्रेती शर्माले मंगलबार सर्बोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। सर्बोच्चले बुधबार त्यसमा कारण देखाउ आदेश जारी गर्दै आजै शर्मालाई अदालतमा उपस्थित गराउन निर्देशन दिएको थियो।


 

More form the Internet

loading...