Suvadin, Home

आर्थिक अनियमितता भएको लेखा समितिको ठहर
निगमकाे जग्गा खरिद प्रकरणमा अख्तियार मौन 

नेपाल आयल निगमले पेट्रोलियम भण्डारणका लागि किनेको जग्गामा आर्थिक हिनामिना भएको ठहर संसदको लेखा समितिले गरेको छ। समितिको शुक्रबार बसेको बैठकले जग्गा खरिद प्रकरणमा व्यापक आर्थिक अनियमितता र भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कारवाही गर्न निर्देशन दिएको हो।
नेपाल अायल निगम।

 काठमाडौं, साउन २०–नेपाल आयल निगमले पेट्रोलियम भण्डारणका लागि किनेको जग्गामा आर्थिक हिनामिना भएको ठहर संसदको लेखा समितिले गरेको छ।

समितिको शुक्रबार बसेको बैठकले जग्गा खरिद प्रकरणमा व्यापक आर्थिक अनियमितता र भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कारवाही गर्न निर्देशन दिएको हो।

 समितिका सभापति डोप्रसाद उपाध्यायले आर्थिक हिनामिना र भ्रष्टाचार भएको देखिएकोले आयल निगमको घोटाला प्रकरण अख्तियार पठाउने निर्णय गरेको जानकारी दिए। 

अख्तियारले भने अहिलेसम्म निगमको आर्थिक अनियमितताको बिषयमा चाँसो दिएको छैन।  एकपछि अर्को  अख्तियार दुरुप्रयोग र भ्रष्टाचारका मुद्दाहरु सार्बजनिक भईरहँदा पनि त्यसका कुनै कारवाही अघि नबढाउनुले अख्तियारमाथि शंका उत्पन्न भएको छ। 

लेखा समितिले गरेको छानविनमा आयल निगमका अधिकारीले टेण्डर खोली त्यसैको नाममा कागज मिलाएर दलालसँग मिलेमतोमा जग्गा खरिद गरेको देखिएको हो।

निगमका महाप्रबन्धक गोपाल खड्कासहितका अधिकारीले बिहिबार पत्रकार सम्मेलन गरी टेण्डर आब्हान गरी सबैभन्दा कम मुल्यको लाई स्विकृत गरेको दाबी गरेका थिए। तर मुलुकभर जतिपनि जग्गा खरिद गरिएको छ, ती जग्गाको वास्तविक मुल्य कयौं गुणा कम छ भने जग्गाहरु अधिकांश नदी किनारका छन्। 

निगमका अधिकारीहरुले जग्गा प्राप्ती गर्ने सरकारी कम्पनीको प्रक्रियालाई बेवास्ता गरी टेण्डर गर्दै झण्डै १ अर्ब रुपैयाँ कुम्ल्याएका छन्। संसदीय समितिले खड्कासहितका सबै अधिकारीले दलालसँगको मिलेमतोमा निगमलाई अर्बो नोक्सानी पुर्याएको भन्दै अख्तियारले तुरुन्तै कारवाहीको प्रक्रिया अघि बढाउनुपर्ने बताएको हो।  


 

More form the Internet

loading...