Suvadin, Home

ऐन संशोधन पश्चात सहकारी डबाउनेले उन्मूक्ति पाउदैनन् : मन्त्री बस्नेत 

सहकारी डुबाउनेलाई  एक हजार ५०० कारबाही गरेर उन्मुक्ति दिने विद्यमान कानूनी व्यवस्थालाई परिवर्तन गर्न सहकारी ऐन संशोधनको चरणमा रहेको उनले बताइन्। ‘बचत र लगानीमा मात्र सहकारी सीमित हुँदा जनताको करोडौँ बचत थन्किएकाले उत्पादनमूलक काम गरी आयआर्जन वृद्धि गर्ने गरी नीति निर्माण गरिने छ,’ उनले भनिन्।
सहकारी मन्त्री अम्बिका बस्नेत।

काठमाडौं, साउन २८–सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतले गरिबीको रेखामुनि रहेकाकोे जीवनस्तर माथि उठाउन सरकार प्रतिवद्ध रहेको बताएकी छन्।


शनिबार राजधानीमा आयोजित  कार्यक्रममा मन्त्री बस्नेतले देशभर दर्ता भएका ३४ हजार सहकारीमार्फत कार्यक्रम सञ्चालन गरी गरिबीका रेखामुनि रहेकाका २१ दशमलव ६ प्रतिशत नागरिकको जीवनस्तर माथि उठाइने  बताइन्।

मन्त्री बस्नेतले राजनीतिक परिवर्तनलाई संस्थागत गर्न आर्थिक समुन्नतिका कार्यक्रममार्फत गरिबी निवारण गरिनुपर्ने बताइन्। 
 सहकारीलाई विश्वसनीय बनाउन शेयरधनी केही पनि होइनन्, सबै सञ्चालक हुन् भन्ने सोचलाई हटाउनुपर्ने उनको भनाई छ।

सहकारी डुबाउनेलाई  एक हजार ५०० कारबाही गरेर उन्मुक्ति दिने विद्यमान कानूनी व्यवस्थालाई परिवर्तन गर्न सहकारी ऐन संशोधनको चरणमा रहेको उनले बताइन्। ‘बचत र लगानीमा मात्र सहकारी सीमित हुँदा जनताको करोडौँ बचत थन्किएकाले उत्पादनमूलक काम गरी आयआर्जन वृद्धि गर्ने गरी नीति निर्माण गरिने छ,’ उनले भनिन्।
 


 

More form the Internet

loading...