Suvadin, Home

राजनैतिक अस्थिताले नेप्से र सेयर बजारको कारोवारमा गिरावट 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार जेठ महिनामा अहिलेसम्म ५ पटकमात्रै शेयर बजार हरियो भएको भने अन्य दिनमा भने शेयर खरिद गर्ने भन्दा बिक्री गर्नेको संख्या बढी हरायो। संसद्ले नयाँ प्रधानमन्त्री चयन गरेको दिन (जेठ २३ गते) बढेको शेयर बजार त्यसपछि भने लगातार गिरावट आएको छ।
फाइल फोटो

काठमाडौं, जेठ २९ –राजनैतिक अस्थिरताका कारण शेयर बजार केही दिन यता निरन्तर ओरालो लागेको सेयर बजार मंगलवार पनि घट्दो क्रममा रहेको छ। कारोवारमा आएका सवै समूहका सूचक घटेपछि नेप्से तथा कारोवार दुवै घट्दो क्रममा रहेको हो।


नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार जेठ महिनामा अहिलेसम्म ५ पटकमात्रै शेयर बजार हरियो भएको भने अन्य दिनमा भने शेयर खरिद गर्ने भन्दा बिक्री गर्नेको संख्या बढीहरायो। संसद्ले नयाँ प्रधानमन्त्री चयन गरेको दिन (जेठ २३ गते) बढेको शेयर बजार त्यसपछि भने लगातार गिरावट आएको छ।
 

 देउवाले प्रधानमन्त्रीको सपथ लिएको दिन (जेठ २४ गते) शेयर बजार परिसूचक नेप्से १६३७.३७ विन्दुमा थियो । तर त्यसपछिका दिनमा भने बजार लगातार ओरालो लागिरहेको छ । जबकि देउवाले प्रधानमन्त्रीको कार्यभार सम्हालेपछिका ६ दिनमा शेयर बजारमा ५६.८५ अंकको गिरावट आएको छ । 
शेयर लगानीकर्ता तथा विश्लेषक छाटेलाल रौनियार यसपटक लगानीकर्ता हतोत्साहित भएको बताउँछन् ।

यसमा राजनीतिक र नीतिगत दुई कारणले सेयर बजारमा गिरावट आएको उनको ठम्याइ छ । सोमवार शेयर बजारमा सबै समूहका परिसूचक घटेका छन् । अघिल्लो दिन (आइतवार) १४६ कम्पनीको ७१ करोडभन्दा बढी रुपैयाँको शेयर किनबेच भएपनि सोमवार भने त्यसको मात्रा घटेको छ । सोमवार १३८ कम्पनीको ४९ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 


 

More form the Internet

loading...