Suvadin, Home

०.१४ प्रतिशतले नेप्से घट्यो

यस व्यापार अवधिमा शेयर बजारमा ८१ कम्पनीको ५ करोड ६९ लाख बराबरको शेयर कारोबार भएको हो। स्ट्याण्डर्ड चार्टर्ड बैङ्क, एभरेष्ट बैङ्क र सिद्धार्थ बैङ्कको ४ करोड ६१ लाख देखि ८ करोढ १४ लाख सम्मको शेयर कारोबार भएको छ।
नेपाल स्टक एक्सचेन लिमिटेड।

काठमाडौं, जेठ ३०–मंगलवार नेप्से परिसूचक शून्य दशमलव १४ प्रतिशत घटेको छ। शुरूको कारोबारदेखि उतारचढावमा रहेको शेयर बजार १ घण्टाको व्यापारमा २ दशमलव २० अंक घटेर १ हजार ५ सय ७८ दशमलव ३२ विन्दु पुगेको हो।

यस व्यापार अवधिमा शेयर बजारमा ८१ कम्पनीको  ५ करोड ६९ लाख बराबरको शेयर कारोबार भएको हो। स्ट्याण्डर्ड चार्टर्ड बैङ्क, एभरेष्ट बैङ्क र सिद्धार्थ बैङ्कको  ४ करोड ६१ लाख देखि  ८ करोढ १४ लाख सम्मको शेयर कारोबार भएको छ।

 
‘अन्य’ समूहको परिसूचक शून्य दशमलव ४२ प्रतिशत र उत्पादन तथा प्रशोधनको शून्य दशमलव ३५ प्रतिशत घटेको छ। साथै, बीमा समूहको परिसूचक शून्य दशमलव २ प्रतिशत, विकास बैङ्क र जलविद्युत समूहको शून्य दशमलव १७ प्रतिशत, बैङ्किङको शून्य दशमलव शून्य ८ प्रतिशत र वित्त कम्पनीको शून्य दशमलव शून्य ५ प्रतिशत घटेको हो।
 


 

More form the Internet

loading...