Suvadin, Home

नेपाल आइस नवौं कृति अवार्ड हुने

चौधरी गु्रपका बरिष्ठ महाप्रवन्धक प्रदिप पुडासैनी, सहायक महाप्रबन्धक लालबावु प्रसाद तथा आनका अध्यक्ष सन्तोष श्रेष्ठ र महासचिव नारायण कुमार श्रेष्ठ बीच नवौं कृति अवार्डका लागि सम्झौता भएको हो।
नेपाल आइस नवौं कृति अवार्डका लागि सम्झौता गरिदैं ।

काठमाडौं, जेठ ३०–नेपाल विज्ञापन संघको आयोजनामा नेपाल आइस नवौं कृति अवार्ड हुने भएको छ। अवार्डका लागि मुख्य प्रायोजक चौधरी ग्रुप र संघबीच सम्झौता भएपछ कृति अवार्डको निश्चितता भएको हो।

चौधरी गु्रपका बरिष्ठ महाप्रवन्धक प्रदिप पुडासैनी, सहायक महाप्रबन्धक लालबावु प्रसाद तथा आनका अध्यक्ष सन्तोष श्रेष्ठ र  महासचिव नारायण कुमार श्रेष्ठ बीच नवौं कृति अवार्डका लागि सम्झौता भएको हो।

नेपाल आईस नवौं कृति अवार्डको मुख्य प्रायोजन सिजी ब्रअरि नेपाल र पावर वाई सिजी सिमेन्टले गर्ने छ।आनका अध्यक्ष सन्तोष श्रेष्ठले ब्रअरि नेपाल र पावर वाई सिजी सिमेन्टलाई धन्यवाद व्यक्त गरेका छन्।

यस कृति अवार्डमा २१६ वटा विज्ञापन एजेन्सीहरुले भाग लिने छन् भने २४ विभिन्न विद्याका विज्ञापनलाई प्रतिस्प्रर्धा गराईने छ। चार सदस्यीय निर्णायक मण्डल समेत बनाएको छ। एसियन फेडरेसन अफ एडभरटाईजिङ एसोसियसन्स एसिया का मुलुकहरुका  राष्ट्रिय बिज्ञापन संघको छाता सगंठन हो।


 

More form the Internet

loading...