Suvadin, Home

चार दिनपछि सेयर बजार हरियो,४८ करोडको कारोवार 

लामो समयसम्म संकटग्रस्त अवस्था झेलेर केहीदिन अघिदेखि कारोबार खुलेको हेटौँडाको वल्र्ड मर्चेण्ट बैकिंङको झण्डै दश प्रतिशत र तारागाउँ रिजेन्सी होटलको झण्डै साँढे ६ प्रतिशत शेयर मुल्य बढेको छ।
नेपाल स्टक एक्सचेन लिमिटेड।


काठमाडौं, जेठ ३०–लगातार चार दिन घटेको सेयर बजार पाँचौ दिनमा भने केही बढेको छ। केही कम्पनीको शेयर खरिदमा लगानीकर्ताले बढी चासो दिए पछि नेप्से ४.६३ अंकले बढ्दा ४९ करोड रुपैयाँको बराबरको कारोबार बढेको हो।  

लामो समयसम्म संकटग्रस्त अवस्था झेलेर केहीदिन अघिदेखि कारोबार खुलेको हेटौँडाको वल्र्ड मर्चेण्ट बैकिंङको झण्डै दश प्रतिशत र तारागाउँ रिजेन्सी होटलको झण्डै साँढे ६ प्रतिशत शेयर मुल्य बढेको छ।

सबै भन्दा धेरै शेयर मुल्य घट्ने कम्पनीहरुमा हिमालय डिस्टीलरी र सृजना फाइनान्स रहेको छ। 

३३.३३ हकप्रद बिक्रिको लागि शेयर धनी दर्ता किताब भन्द गर्ने सूचना जारी गरेको एभरेष्ट बैकंको झण्डै पाँच करोड बराबरको सर्वाधिक  रकमको शेयर किन बेच भएको छ। लगानीकर्तामा आत्मबल बलियो बन्न नसकेकाले केहीदिन यताको शेयर बजारमा रौनक देखिएको छैन । 
 


 

More form the Internet

loading...