Suvadin, Home

दोहोरो अङ्कले घट्यो सेयर बजार

कुल १४३ कम्पनीको आठ लाख ४३ हजार ९१२ कित्ता सेयर रु ५९ करोड ३३ लाख ८८ हजार ९२ मा खरिद बिक्री भएको स्टकले जनाएको छ । ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.९५ बिन्दुले घटेको छ।
नेपाल स्टक एक्सचेन लिमिटेड।


काठमाडौँ, असार ४– केही दिन अघिदेखि घट्दो क्रममा रहेको सेयर बजार आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार आज शेयर बजार १३.६१ बिन्दुले घटेर एक हजार ५७५ मा पुगेको छ। 


कुल १४३ कम्पनीको आठ लाख ४३ हजार ९१२ कित्ता सेयर रु ५९ करोड ३३ लाख ८८ हजार ९२ मा खरिद बिक्री भएको स्टकले जनाएको छ । ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.९५ बिन्दुले घटेको छ।

 
यस्तै, आज सबै समूहको सेयरसमेत घटेको छ । बैंकिङ समूह १७.४, होटल १८.३६, विकास बैंक १०.९३, जलविद्युत् ३१.२८, फाइनान्स ०.८५, बीमा १४.७४, उत्पादन ८.७३ र अन्य समूह १.७४ बिन्दुले घटेको छ। रासस  
 


 

More form the Internet

loading...