Suvadin, Home

काठमाडौंमा गाडीहरुको कुम्भ मेला शुरु 

काठमाडौंमा मंगलवारदेखि गाडीहरुको कुम्भ मेला शुरु भएको छ। नाडा अटोमोबाइल्स् एशोसियशन अफ नेपालको आयोजनामा शुरु भएको मेला १८ भदौसम्म सञ्चालन हुने छ।
भृकुटीमण्डपमा गाडीहरुको मेला।

काठमाडौं, भदौ १३ –काठमाडौंमा मंगलवारदेखि गाडीहरुको कुम्भ मेला शुरु  भएको छ। नाडा अटोमोबाइल्स् एशोसियशन अफ नेपालको आयोजनामा शुरु  भएको मेला १८ भदौसम्म सञ्चालन हुने छ। 

भृकुटीमण्डपमा आयोजित मेलाको उदघाटन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बिरबहादुर बलायरले गरेका थिए। मेलामा विभिन्न ४१ वटा ब्राण्डका सवारी साधनहरु राखिएका छन्। हुण्डाई, टाटा, फोर्ड, होन्डा, महिन्द्रा, टोयोटा, सुजुकी, डाट्सन लगायतका १६ वटा ब्राण्डका चार पांग्रे, बजाज, यामाहा, हिरो, होन्डा, टिभीएस लगायतका १९ वटा ब्राण्डका दुई पांग्रे गाडीहरु प्रदर्शनीमा छन्।

यस्तै टाटा, अशोक लेल्याण्ड, महिन्द्रा लगायतका ६ वटा ब्राण्डका हेवी कमर्सियल सवारी साधन पनि प्रदर्शनीमा राखिएको छ। सवारी साधनको प्रदर्शनीमा बैंक तथा वित्तीय संस्था, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस् र लुब्रिकेण्टसका स्टलहरु पनि राखिएको छन।

अटोमोबाइल्स एशोसियशन अफ नेपालका अध्यक्ष अञ्जन श्रेष्ठले मेलामा खरिदकर्ताहरुलाई विभिन्न छुट र उपहार दिइने गरेको बताए। मेला अवलोकन गर्नेहरुमध्येबाट एकजना भाग्यशाली विजेतालाई युमको रेनिगेड कमाण्डो २३० बाइक पनि प्रदान गरिने छ।

८७ वटा वटा संस्थाका स्टल रहने प्रदर्शनीलाई ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ। मेलाबाट उठेको रकममध्ये ५ लाख रुपैयाँ बाढीपीडितको सहयोगका लागि उपलब्ध गराउने आयोजकले जनाएको छ।


 

More form the Internet

loading...