Suvadin, Home

विद्युत् चुहावट हुँदा बैंकमा आगलागी

नारायणगढको शहीदचोकस्थित ग्लोबल आइएमई बैंकमा आज अपराह्न ३ बजे आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागी विद्युत् चुहावट भएर भएको हो। 
सांकेतिक तस्विर

चितवन, १६ फागुन – नारायणगढको शहीदचोकस्थित ग्लोबल आइएमई बैंकमा आज अपराह्न ३ बजे आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागी विद्युत् चुहावट भएर भएको हो। 

स्थानीयवासी र दमकलको सहयोगले अपराह्न ३ः३५ मा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। आगलागीबाट के कति क्षति भयो भन्ने वास्तविक विवरण आउन सकेको छैन। 


 

More form the Internet

loading...