Suvadin, Home

एनआइसी एशिया बैंकको नयाँ शाखाको मार्तडीमा

एनआइसी एशिया बैंकले सेवा विस्तार तीव्र पारेकाे छ। बाजुराको अति दुर्गम तथा ग्रामीण भेग मार्तडीमा बैंकले नयाँ शाखा विस्तार गरेकाे हाे। बडीमालिका नगरपालिकाका मेयर पदम बडुवालले समुद्घाटन गरेका हुन्।

बाजुरा, ५ पुस – एनआइसी एशिया बैंकले सेवा विस्तार तीव्र पारेकाे छ। बाजुराको अति दुर्गम तथा ग्रामीण भेग मार्तडीमा बैंकले नयाँ शाखा विस्तार गरेकाे हाे।

एनअाइसी एशिया बैंक र युके एडको लगानीमा सञ्चालित सक्षम ‘वित्तका लागि पहुँच’सँगको सहकार्यमा बडीमालिका नगरपालिका–८, मार्तडीमा वि.सं.२०७४ साल साउन २२ देखि बैंकको नयाँ शाखा सञ्चालनमा ल्याएको थियाे।

उक्त शाखा मंगलबार नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलको प्रमुख आतिथ्यमा आयोजित एक समारोहका बीच बडीमालिका नगरपालिकाका मेयर पदम बडुवालले समुद्घाटन गरेका हुन्। 

‘साथी सँगै सक्षम बन्दै’ भन्ने नाराका साथ अगाडि बढाइएको यस सहकार्यबाट एनआइसी एशिया बैंकले अङ्गिकृत गरेको 'बैंक पनि, साथी पनि' भन्ने नारा अझ जनप्रिय बन्ने विश्वास लिएको छ। यस बैंकले मार्तडी शाखा अतिरिक्त उक्त जिल्लामा थप ३ वटा शाखारहित बैंकिङ सेवा स्थापना गर्नेछ।

सक्षम युके एडद्वारा सञ्चालित एक्सेस टू फाइनान्स कार्यक्रममा आधारित डिएफआइडी नेपालको लुइस बर्जरको कार्यक्रम हो। यसले नेपालका विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँगको साझेदारीमा नेपालमा कार्य गरिरहेको छ।

समुद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैंककका कार्यकारी निर्देशक पौडेलले ग्रामीण तथा दुर्गम स्थानका जनताहरुबीच बैकिङ पहुँच अभिवृद्धि गर्ने कार्यमा सक्षम तथा एनआइसी एशिया बैंकको साझेदारीसहितको यस कार्यक्रमले सम्पूर्ण क्षेत्रमा बैंकको पहुँच पुर्याउने नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको नीतिलाई थप सहज बनाएको धारणा राखेका छन्।

शाखा सञ्जाल, पूँजी संरचना, बासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआइसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो। बाजुरा शाखाको समुद्घाटनसँगै बैंकले नेपालभरि १ सय ४९ शाखा कार्यालयहरु र १ सय ४१ एटिएम काउन्टरहरुबाट ग्राहकहरुमा सेवा प्रदान गर्दै आइरहेको छ।

बैंकले हरेक सम्भावित बजारक्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा सञ्चालन गर्ने योजना अगाडि सारेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत राेशनकुमार न्याैपानेले जनाएका छन्।


 

More form the Internet

loading...