Suvadin, Home
Bridge Water

एन आई सी एशिया बैंकद्वारा रु.३ अर्ब बराबरको डिबेन्चर बाँडफाँड

बैंकिङ्ग क्षेत्रमा तरलता एवम् व्याजदरको तीव्र उतारचढावको वावजुद पनि लगानीकर्ताहरुले उत्साहजनक सहभागिता जनाई पूरै रु.३ अर्ब रुपैंयाँ बराबरको सम्पूर्ण डिबेन्चरका लागि आवेदन दिएका थिए।

काठमाडाैं २६ पुस – एन आई सी एशिया बैंकले मिति १३ पुस २०७४ बाट खुला गरेको डिबेन्चर बाँडफाँड गरेको छ।

उक्त बैंकले मिति १३ पुस २०७४ बाट बिक्री खुल्ला गरेको रु.३ अर्ब रुपैयाँ बराबरको ९ प्रतिशत एन आई सी एशिया डिबेन्चर मंगलबार बाँडफाँड गरेकाे हाे।  बैंकिङ्ग क्षेत्रमा तरलता एवम् व्याजदरको तीव्र उतारचढावको वावजुद पनि लगानीकर्ताहरुले उत्साहजनक सहभागिता जनाई पूरै रु.३ अर्ब रुपैंयाँ बराबरको सम्पूर्ण डिबेन्चरका लागि आवेदन दिएका थिए।

उक्त डिबेन्चरको बिक्री मिति २१ पुस, २०७४ मा नै आवेदन लिने कार्य बन्द गरिएको थियो। विगतको दशक देखी बैंकिङ्ग क्षेत्रमा कायम रहेको व्याजदरको स्थितिलाई मध्यनजर गर्दा ७ वर्षको अवधिका लागि ९ प्रतिशत व्याजदरलाई लगानीका लागि उत्कृष्ट अवसरका रुपमा लिन सकिने विज्ञप्तीमा उल्लेख गरिएको छ। 

नेपालकै हालसम्मकै सर्वाधिक उच्च राशीको डिबेन्चर नेपालको पूँजी बजारमा धितोपत्र बजारको विकासमा कोशेढुंगा सावित हुने विश्वास लिएकाे बैंकले बताएकाे छ। यसले देशको पूँजी बजार विकासमा सकारात्मक टेवा पुर्याउने अपेक्षा यस बैंकले लिएको छ। 

उक्त डिबेन्चरलार्इ निकट भविष्यमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिनेछ, जस पश्चात दोस्रो बजार (सेकेण्डरी मार्केट)मा पनि खरिद बिक्री कारोवार गर्न सकिनेछ।

बैंकले सम्पूर्ण लगानीकर्ताहरुले देखाएको उत्साहजनक सहभागिता एवम् सम्पूर्ण सर्वसाधारण, ग्राहकवर्ग तथा संस्थागत लगानीकर्ताले यस बैंक प्रति दर्शाएको भरोसा एवम् विश्वास प्रति कृतज्ञता एवम् आभार व्यक्त गरेकाे छ।