Suvadin, Home

एनएमबि बैंकद्वारा होङसी शिवम् सिमेन्टलार्इ १६ अर्ब कर्जा प्रदान

नेपाली मुद्रा १६ अर्ब रुपैयाँको यस सामूहिक ऋण लगानी प्रोजेक्टमा एनएमबि एक प्रमुख बैंकको रुपमा ६ अर्ब ७५ करोड रुपैयाँ, सह–प्रमुख बैंक नेपाल इन्भेस्टमेन्ट बैंकको ४ अर्ब रुपैयाँ र अन्य सदस्य बैंकहरु प्रभु बैंकको ३ अर्ब रुपैयाँ, एभरेष्ट बैंकको १ अर्ब २५ करोड रुपैयाँ र नेपाल एसबिआइ बैंकको १ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।

काठमाडाैं, १९ भदाै – नेपाली बैंकिङ उद्योगको इतिहासमा अहिले सम्मकै सबैभन्दा ठूलो कर्जा लगानीको आयोजना होङसी शिवम् सिमेन्ट सम्पन्न हुने क्रममा पुगेको छ।

नेपाली मुद्रा १६ अर्ब रुपैयाँको यस सामूहिक ऋण लगानी प्रोजेक्टमा एनएमबि एक प्रमुख बैंकको रुपमा ६ अर्ब ७५ करोड रुपैयाँ, सह–प्रमुख बैंक नेपाल इन्भेस्टमेन्ट बैंकको ४ अर्ब रुपैयाँ र अन्य सदस्य बैंकहरु प्रभु बैंकको ३ अर्ब रुपैयाँ, एभरेष्ट बैंकको १ अर्ब २५ करोड रुपैयाँ र नेपाल एसबिआइ बैंकको १ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।

७ वर्षको अवधि रहेको यस ऋणका लागि बैंक अफ चाइना र चाइना मिङसेङ बैंकले बैंक सुरक्षण जमानत दिएका छन्। होङसी शिवम् सिमेन्टमा होङसी होल्डिङ लि.अन्तर्गतको एक सहायक प्रतिष्ठान हङकङ रेड लायन सिमेण्ट नम्बर ३ को ७० प्रतिशत हिस्सा र शिवम् सिमेन्ट लि.को एक सहायक प्रतिष्ठान शिवम् होल्डिङ प्रा.लि.को ३० प्रतिशत हिस्सा रहेको छ। 

होङसी शिवम् सिमेन्टले धितो पत्र बोर्ड र नेपाल राष्ट्र बैंकबाट रु ९.८२ अर्ब रुपैयाँको स्वीकृति लिएको छ। कारखाना पूर्ण क्षमतामा संचालन भए पश्चात प्रतिदिन क्लिन्कर र सिमेण्ट उत्पादन क्षमता ६००० टन (१२०,००० बोरा सिमेण्ट प्रतिदिन)पुग्नेछ। 

साथै कम्पनीले संचालनका लागि आवश्यक पर्ने ५० मेगावाट मध्ये १२ मेगावाट विद्युत फोहर वस्तुको तापबाट उत्पादन गर्ने लक्ष्य लिएको छ। होङसी शिवम् सिमेन्टका निर्देशक लाइवीपेङले भने, 'हामी आयोजनाको आर्थिक पक्षको व्यवस्थापन गर्न पाएकोमा हर्षित छौं। जसले होङसी शिवम् सिमेन्टलाई नेपालकै सबैभन्दा ठूलो सिमेण्ट कारखाना बनाएको छ।'

एनएमबि बैंक देशको दिगो विकासमा योगदान पुर्याउने किसिमका आयोजना तथा क्षेत्रहरुमा सहयोग प्रदान गर्नमा विश्वास राख्दछ। यस प्रकारका आयोजनाहरुले देशमा पूर्वाधार निर्माणमा योगदान पुर्याउछको लागि प्रोत्साहित गर्दछ र रोजगार सृजना गर्नमा मद्दत पुग्दछ।


 

More form the Internet

loading...