Suvadin, Home
Nepal life 2.266M

एनएमबि माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी २ रूपैयाँमा खुम्चियो

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत एउटा कम्पनीको प्रतिशेयर आम्दानी २ रूपैयाँ ८९ पैसा कायम भए पछि यसका लगानीकर्ता निराश बन्ने अवस्था आएको छ। दोस्रो बजारमा १ हजार ४ सय २० रूपैयाँमा शेयर कारोबार भइरहेको कम्पनीको प्रतिशेयर आम्दानी २५ रूपैयाँ १४ पैसाबाट २ रूपैयाँ ८९ पैसामा झरेको हो।

काठमाडौं, २१ कात्तिक – नेपाल स्टक एक्सचेन्जमा सूचीकृत एउटा कम्पनीको प्रतिशेयर आम्दानी २ रूपैयाँ ८९ पैसा कायम भए पछि यसका लगानीकर्ता निराश बन्ने अवस्था आएको छ। दोस्रो बजारमा १ हजार ४ सय २० रूपैयाँमा शेयर कारोबार भइरहेको कम्पनीको प्रतिशेयर आम्दानी २५ रूपैयाँ १४ पैसाबाट २ रूपैयाँ ८९ पैसामा झरेको हो।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एनएमबि माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानीमा भारी गिरावट आएको हो। गत आर्थिक वर्षको प्रथम त्रैमासमा प्रतिशेयर आम्दानी २५ रूपैयाँ १४ पैसा रहेको कम्पनीको यस त्रैमासमा प्रतिशेयर आम्दानी २ रूपैयाँ ८९ पैसामा सीमित छ।

चुक्तापूँजी स्थीर रहेको कम्पनीको अन्य सञ्चालन खर्च,कर्जा नोक्शानी व्यवस्था र कर्मचारी खर्चमा भएको भारी वृद्धिले माइक्रोफार्इनान्सको नाफा १० लाख १७ हजारमा खुम्चीएको छ। गत वर्ष यसै अवधिमा कम्पनीले ८८ लाख ५४ हजार खुद नाफा कमाएको थियो।

यसरी खुद नाफामा सुधार हुन नसकिरहेका बेला मार्इक्राेफार्इनान्सकाे खर्चकाे अाकार फराकिलाे अन्तरले बढे पछि प्रतिशेयर अाम्दानीमा अधिक संकुचन अाएकाे हाे। यसले लगानीकर्ताकाे प्रतिफल पाउने अाश मरेकाे छ। यद्दपी मार्इक्राेफार्इनान्सले जगेडा काेष मासेर केही प्रतिफल दिन सक्ने सम्भावना रहन्छ।

समिक्षा अवधिमा मार्इक्रोफार्इनान्सको खराब कर्जा अनुपात १.३८ बाट बढेर २.७२ प्रतिशत पुगेको छ। कर्मचारी खर्च २ करोड ६८ लाखबाट ३ करोड ७० लाख, अन्य सञ्चालन खर्च ८५ लाखबाट १ करोड १९ लाख रूपैयाँ पुगेको छ। कर्जा नोक्शानी व्यवस्था पनि ६७ लाखबाट १ करोड २९ लाखमा पुर्याए पछि मार्इक्रोफार्इनान्सको खुद नाफा अनपेक्षित रूपमा घटेको हो।

१४ करोड ८ लाख चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोषमा ११ करोड १३ लाख सञ्चित छ। यस अवधिमा मार्इक्रोफार्इनान्सले ७७ करोड ५४ लाख निक्षेप र १ अर्व ८५ करोड बैंकबाट सापटी लिएर २ अर्व ३७ करोड कर्जा परिचालन गरेको छ। व्यवसायको आकारमा भएको वृद्धिसंगै मार्इक्रोफार्इनान्सको ब्याज आम्दानी बढेको छ।

गत आर्थिक वर्षको यसै अवधिमा ८ करोड ८२ लाख ३६ हजार रूपैयाँ ब्याज आम्दानी गरेको मार्इक्रोफार्इनान्सले यस पटक १० करोड ८७ लाख १७ हजार रूपैयाँ ब्याज आम्दानी गरेको छ। तर ब्याज खर्चमा भएको अधिक वृद्धिले खुद ब्याज आम्दानी भने झिनो अंकले मात्र बढेको छ।

जसअनुसार गत आर्थिक वर्षको यसै अवधिमा ४ करोड १९ लाख ३८ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको मार्इक्रोफार्इनान्सले यस पटक ४ करोड ४० लाख ६१ हजार रूपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको छ।


 

More form the Internet

loading...