Suvadin, Home
सिंहदरबारस्थित महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रधान कार्यालयमा आयोजित एक विशेष समारोहमा एनएमबी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले उक्त ड्रोन क्यामरा प्रहरी नायव महानिरीक्षक प्रकाश अर्याललाई हस्तान्तरण गरेका हुन्।

काठमाडाैं, पुस २९

एनएमबी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ड्रोन क्यामरा प्रदान गरेको छ। ड्रोन क्यामरा मद्दतले महानगरीय ट्राफिक प्रहरीको प्राविधिक क्षमता अभिवृद्धिमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।

सिंहदरबारस्थित महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रधान कार्यालयमा आयोजित एक विशेष समारोहमा एनएमबी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले उक्त ड्रोन क्यामरा प्रहरी नायव महानिरीक्षक प्रकाश अर्याललाई हस्तान्तरण गरेका हुन्। हस्तान्तरण कार्यक्रममा महानगरीय ट्राफिकले ड्रोन क्यामरा परीक्षण उडान गरिएको थियो।

उक्त समारोहलाई सम्बोधन गर्दै सिइओ पौडेलले महानगरीय ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनको क्षेत्रमा गरिरहेकाे कामको प्रशंसा गर्दै भने, 'ट्राफिक प्रहरीले ट्राफिक नियम र प्रणालीलाई अन्तर्राष्ट्रिय मूल्यमान्यता अनुरुप सुदृढ बनाउन गरिएको प्रयासमा ड्रोन क्यामराबाट थप सहायता पुग्ने विश्वास बैंकले लिएको छ।'


 

More form the Internet

loading...