Suvadin, Home

Cover Image

राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठ निलम्बन, छानबिन समिति गठन

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बनमा परेका छन्।

राष्ट्र बैंकको आज सोमबार बसेको सञ्चालक समितिको बैठकले उनलाई लागेका आरोपबारे छानबिन गर्न समिति गठन गरेपछि उनी निलम्बनमा परेका हुन्।

नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार डेपुटी गभर्नरविरूद्ध छानबिन समिति बनेपछि उनी पदबाट स्वतः निलम्बन भएको मानिन्छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले समिति सदस्य श्रीराम पौडेलको संयोजकत्व उनीबारे छानबिन गर्न ३ सदस्यीय समिति गठन गरेकाे हाे।

उक्त छानबिन समितिले एक महिनाभित्र बैंकको सञ्चालक समितिमा प्रतिवेदन पेस गर्नुपर्ने समयावधि दिइएको छ। 

श्रेष्ठलाई खराब कर्जा लुकाउन सहयोग गरेको, सर्वोच्च अदालतको फैसला नपुग्दै विदेशबाट ल्याएको पैसा निकाल्न सहयोग गरेको तथा कानुनी प्रक्रिया पूरा नहुँदै विदेशी कम्पनीको लाभांश फिर्ता लैजान सहयोग गरेकोलगायत आरोप लागेको छ। 


 

More form the Internet

loading...