Suvadin, Home

एनआरएनएको अध्यक्षमा भवन भट्ट निर्वाचित

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट विजयी भएका छन्।  संघको काठमाडौंमा सम्पन्न  आठौं विश्वसम्मेलनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन्। भट्टले अध्यक्षकी प्रत्यासी जमुना गुरुङलाई पराजित गरे। 
एनअारएनएका नवनिर्वाचित अध्यक्ष भवन भट्ट।

काठमाडौं, असोज ३१ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट विजयी भएका छन्। संघको काठमाडौंमा सम्पन्न  आठौं विश्वसम्मेलनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन्। भट्टले अध्यक्षकी प्रत्यासी जमुना गुरुङलाई पराजित गरेका हुन्। 

सोमबार राति सम्पन्न मतगणनामा भट्टले एक हजार एक सय ९७ मत प्राप्त गरे भने  गुरुङले ५ सय ८४ मत प्राप्त पाइन्।  सम्मेलनमा एक हजार ७ सय ८८ एनआरएनए मतदानमा सहभागी भएका थिए। 

उपाध्यक्षमा कुमार पन्त र कुल आचार्य विजयी भएका छन्।  महिला उपाध्यक्षमा सपिला राजभण्डारी निर्वाचित भएकी छन्।  यसैगरी, महासचिवमा डा. बद्री केसी, सचिवमा डिबी क्षेत्री र  कोषाध्यक्षमा हिक्मत थापा विजयी भएका छन्। 

गोरखामा जन्मिएका नवनिर्वाचित अध्यक्ष भट्ट जापानमा व्यवसायमा संलग्न  छन्।  उनी जापानमा दुई सय ९० वटा रेस्टुरेन्ट  सञ्चालन गर्दै आएका छन्। रेस्टुराँमा अहिले पाँच हजार जापानी र २५० नेपालीले रोजगारी पाएका छन्। ती होटल तथा रेस्टुराँबाट वार्षिक ३२ अर्बको हाराहारीमा कारोबार हुने गरेको छ।

सन् १९९७ मा २१ वर्षको उमेरमा टोखाइ विश्वविद्यालयमा अध्ययनका लागि  जापान गएका भट्टले नेपालमा टिबिआइ समूहको अध्यक्षका रुपमा सञ्चार, शिक्षा, पर्यटन, पूर्वाधार लगायतका क्षेत्रमा करिब दुई अर्ब लगानी गरेका छन्।  

हालै नेपाल एयरलायन्सको विमान खरिद गरेर बीबी एयरवेजमार्फत काठमाडौं दिल्ली उडान भर्ने तयारी भइरहेको छ।  भट्ट यसअघि अध्यक्ष शेष घलेको दुवै कार्यकालमा उपाध्यक्ष रहेका थिए।


 

More form the Internet

loading...