Suvadin, Home

Cover Image

नेपाल टेलिकमको अफर : रिचार्ज बराबरकै बोनस

काठमाडौं । नेपाल टेलिकमले बुधबार रातिदेखि लागु हुने गरी आफ्ना ग्राहकलाई रिचार्ज बराबरकै बोनस उपलब्ध गराउने भएको छ ।

यस अघि बुधबार दिउँसोबाट नै यो सेवा सुरू गर्ने भनिए पनि प्राविधक समस्याका कारण बेलुकाबाट मात्र सुरू गरिने नेपाल टेलिकमले जनाएको छ ।

यो सुविधा अन्तर्गत ग्राहकले जुनसुकै माध्यमबाट टेलिकमको सिमकार्ड रिचार्ज गर्दा त्यति नै बराबरको थप बोनस पाउनेछन् ।

कोरोना संक्रमणको समयमा आफ्ना प्रयोगकर्तालाई थप सहयोग पुर्‍याउन प्राधिकरणले कम्तीमा एक महिनासम्मका लागि यस्तो अफर ल्याएको जनाएको हो ।


 

More form the Internet

loading...