Suvadin, Home

‘वान वेल्ट वान रोड’ अवधारणामा नेपालद्वारा हस्ताक्षर

वान वेल्ट वान रोड अवधारणा चीनबाट नेपाल भारत हुँदै युरोप जोड्ने सडक परियोजना हो। तर, भारतले भने हालसम्म यो अवधारणामा सहमति जनाएको छैन। भारत नेपाललाई पनि उक्त अवधारणामा सहमति नजनाउन कुटनीतिक दबाब दिँदै आएको थियो। नेपालले पनि लामो समयसम्म हस्ताक्षर गरेको थिएन।
नेपाल र चीनकाे झण्डा।

काठमाडाैं, वैशाख २९–नेपालले चीनको वान वेल्ट वान रोड (ओबीओआर) अवधारणामा हस्ताक्षर गरेको छ।

वैशाख २५ गतेको मन्त्रिपरिषद् निर्णय अनुसार शुक्रबार उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा र परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतको उपस्थितिमा परराष्ट्र सचिव शंकरदास बैरागी र चिनियाँ राजदूत यु होङले समझादारीमा हस्ताक्षर गरेका हुन्। हस्ताक्षरसँगै  अब नेपाल ओबीओआरको औपचारिक सदस्य बनेको छ ।  

वान वेल्ट वान रोड अवधारणा चीनबाट नेपाल भारत हुँदै युरोप जोड्ने सडक परियोजना हो। तर, भारतले भने हालसम्म यो अवधारणामा सहमति जनाएको छैन। भारत नेपाललाई पनि उक्त अवधारणामा सहमति नजनाउन कुटनीतिक दबाब दिँदै आएको थियो। नेपालले पनि लामो समयसम्म हस्ताक्षर गरेको थिएन।

नेपालले सन २०१४ को सुरुमै ‘वान वेल्ट वान रोड’ अवधारणामा जाने प्रारम्भिक सहमति गरेको थियाे। 

सम्झौताका लागि चिनियाँ टोली बिहीबार काठमाडौं आएको थियो। यसअघिको मन्त्रिपरिषद् बैठकले चीनमै परराष्ट्रमन्त्री स्तरमा हस्ताक्षर गर्ने भनिए पनि समय अभावले सचिवस्तरमा हस्ताक्षर गरिएकाे हाे।

यस्ताे छ रूट

ओबीओआर योजनाबारे जानकारी दिन चीनले वैशाख ३१ र जेठ १ गते बेइजिङमा अन्तर्राट्रिय सम्मेलन गर्दैछ। सम्मेलनमासहभागी हुन नेपालबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृकम भएकाले सचिवस्तरबाट हस्ताक्षर गरिएको परराष्ट्रमन्त्रालयले जनाएको छ।कृष्णबहादुर महराको नेतृत्वमा ११ सदस्यीय टोली चीन जाने बताइएको छ।
 


 

More form the Internet

loading...