Suvadin, Home

कच्चा तेलको मूल्यमा दुई दशकयताकै भारी गिरावट

कच्चा तेलको मूल्यमा भारी गिरावट आएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

एजेन्सी । कच्चा तेलको मूल्यमा भारी गिरावट आएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

अमेरिकामा सोमबार कच्चा तेलको मूल्य प्रति ब्यारल १५ डलरले घटे छ । दुई दशक यताकै यो कच्चा तेलको मूल्यमा सबैभन्दा ठूलो गिरावट हो ।

विश्वभर तेलको मागमा कमी आउनु र उत्पादन कम गर्न गरिएको सम्झौतामा ढिलाइ हुनुलाई तेलको मूल्यमा भारी गिरावट आएको बताइएको छ ।

कच्चा तेलको मूल्यमा उच्च गिरावटसँगै प्रति ब्यारलको मूल्य १४ दशमलव ७३ सम्म पुगेको छ । तर केही बेरमा बजार स्थिर भयो र प्रति ब्यारलको मूल्य १५ दशमलव ७८ डलर पुग्यो ।

अन्तर्राष्ट्रिय ब्रेन्चमार्क ब्रेन्टमा पनि कच्चा तेलको मूल्यमा ४ दशमलव १ प्रतिशतले गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रति ब्यारेल २६ दशमलव ९३ डलरसम्म गिरावट आएको छ ।
 


 

More form the Internet

loading...