Suvadin, Home

आकासियो प्याजको मूल्य, किलोकै दुई सय रुपैयाँ

केही दिनयता डडेल्धुरा सदरमुकाममा प्याजको मूल्य निकै बढेको छ । पछिल्लो समय प्याजको भाउ बढेर किलोकै दुई सय रुपैयाँ पुगेको छ ।

डडेलधुरा । केही दिनयता डडेल्धुरा सदरमुकाममा प्याजको मूल्य निकै बढेको छ । पछिल्लो समय प्याजको भाउ बढेर किलोकै दुई सय रुपैयाँ पुगेको छ ।

प्याजको मूल्य आकाशिएसँगै यहाँका उपभोक्ता मारमा परेका छन् । 

प्याजको मूल्य बढेसँगै अहिले बजारमा माग घट्दै गएको डडेल्धुरा सदरमुकाम अमरगढी पोखराका व्यापारी खगेन्द्र जोशीले बताए । प्याजको मूल्य वृद्धि भएसँगै कतिपय पसलमा प्याज पाउनै मुस्किल हुने गरेको छ । 

प्रतिकिलो ५० मा बिक्री भइरहेको प्याज एक्कासी २०० पुगेको स्थानीयवासी इन्दिरा ताम्राकारले बताइन् ।

भारतबाट प्याजको आयात कम भएको र यहाँ पनि प्याज उत्पादनमा आएको कमीले नेपाली बजारमा प्रत्यक्ष असर परेको व्यापारीहरूले बताउँदै आएका छन् । भारतमा ढिलो गरी सुरु भएको मनसुन र लगातारको वर्षाले खेती नष्ट भएपछि प्याजको मूल्यवृद्धि भएको देखिन्छ ।


 

More form the Internet

loading...