Suvadin, Home

आजदेखि शेयर बजारमा अनलाइन ट्रेडिङ शुरू

शेयर बजारका लगानीकर्ताले पूर्ण स्व:चालित अनलाइन प्रणाली मार्फत कारोबार गर्न पाउनेछन्। यसले शेयर बजारमा सर्वसाधारणको पहुँच क्रमिक रुपमा बढ्दै जाने र नेपालको पूँजी बजार विकास र विस्तारको कोशेढुंगा सावित हुने विश्वास गरिएको छ। नेपाल स्टक एक्सचेञ्ज नेप्सले आज एक औपचारिक कार्यक्रम मार्फत पूर्ण स्व:चालित अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याउने भएको छ। अनलाइन कारोबार प्रणालीको औपचारिक शुरुवात अर्थमन्त्री डा.युवराज खतिवडाले हाेटल याक एण्ड यतिबाट गर्ने कार्यक्रम तय भएको छ।

काठमाडाैं, २० कात्तिक – आज देखि नेपालको शेयर बजारमा नयाँ युगको शुरुवात हुँदैछ। शेयर बजारका लगानीकर्ताले पूर्ण स्व:चालित अनलाइन प्रणाली मार्फत कारोबार गर्न पाउनेछन्। यसले शेयर बजारमा सर्वसाधारणको पहुँच क्रमिक रुपमा बढ्दै जाने र नेपालको पूँजी बजार विकास र विस्तारको कोशेढुंगा सावित हुने विश्वास गरिएको छ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सले आज एक औपचारिक कार्यक्रम मार्फत पूर्ण स्व:चालित अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याउने भएको छ। अनलाइन कारोबार प्रणालीको औपचारिक शुरुवात अर्थमन्त्री डा.युवराज खतिवडाले हाेटल याक एण्ड यतिबाट गर्ने कार्यक्रम तय भएको छ।

आज देखि शुरुवात हुने अनलाइन कारोबार प्रणाली केहि समयका लागि ब्रोकरहरुले मात्र प्रयोग गर्न सक्नेछन्। ब्रोकरहरुले आजै देखि यहि प्रणालीमा रहेर शेयर किनबेच गर्ने तथा गराउनेछन्। लगानीकर्ताले आफैँले प्रयोग गर्न भने केहि समय पर्खनुपर्नेछ।

लगानीकर्ताले आफैँ अनलाइन प्रयोग नगरिन्जेलसम्म पुरानै प्रक्रियाबाट शेयर खरिद बिक्रीको आदेश दिनेछन्। अनलाइन मार्फत शेयर खरिद बिक्री गर्न चाहने लगानीकर्ताले शेयर खरिद बिक्री गर्दै आएको ब्रोकर कार्यालयबाट युजरनेम र पासवर्ड लिनु पर्नेहुन्छ।

लगानीकर्ता समेत आफैँ यो पूर्ण स्व:चालित अनलाइन प्रणाली मार्फत शेयर किनबेच गर्दा इन्टरनेटको माध्यमबाट मोवाईल, ल्यापटप र कम्युटरको सहायताले शेयर किनबेचमा सहभागी हुनसक्ने छन्।

नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध शेयर दलालहरुले अनलाईन प्रणालीबाटै रकम प्राप्त गर्ने र भुक्तानी गर्ने सुविधा समेत पाईसकेकाले अनलाईन संचालनमा थप सहजीकरण भएको छ। जसका कारण रकम बुझाउन समेत ब्रोकरकोमा जानु पर्ने बाध्यता रहने छैन।

त्यस्तै सिडिएस एण्ड क्लियरिङ्गले ई-डिआईएस सेवा समेत सञ्चालन गरि सकेकाले शेयर खरिद बिक्रीको राफसाफ समेत अनलाइनको माध्यमबाट नै गर्न सकिन्छ।


 

More form the Internet

loading...