Suvadin, Home

नेप्सेको साइट नचलेको भन्दै लगानीकर्तामा काैतहल्ता

अनलाइन ट्रेडिङ उद्घाटन भएकै दिन नेप्सेको साइटमा समस्या आएको छ। नेप्सेको साइट खुलेपनि कारोबारको विवरण भने पुरानै देखिएको छ। अघिल्लो दिन बजार बन्द हुँदाको विवरण नै नेप्सेको साइटमा देख्न सकिन्छ। साइटमा मार्केट ओपन भन्ने सिग्नल देखाए पनि कारोबार विवरण, मार्केट डेप्थ केहि पनि देखिएको छैन। यो समाचार तयार पार्दासम्म नेप्सेको साइटमा आजको डाटा देखिएको छैन।

काठमाडाैं, २० कात्तिक – नेपाल स्टक एक्चेन्जले आजदेखि पूर्ण स्व:चालित अनलाइन कारोबार प्रणालीको शुभारम्भ गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार अनलाइन कारोबार प्रणालीको उदघाटन गरेका हुन्।

अनलाइन ट्रेडिङ उद्घाटन भएकै दिन नेप्सेको साइटमा समस्या आएको छ। नेप्सेको साइट खुलेपनि कारोबारको विवरण भने पुरानै देखिएको छ। अघिल्लो दिन बजार बन्द हुँदाको विवरण नै नेप्सेको साइटमा देख्न सकिन्छ। साइटमा मार्केट ओपन भन्ने सिग्नल देखाए पनि कारोबार विवरण, मार्केट डेप्थ केहि पनि देखिएको छैन। यो समाचार तयार पार्दासम्म नेप्सेको साइटमा आजको डाटा देखिएको छैन।

सर्भरमा केहि समस्या आएकोले यस्तो भएको नेप्सेले जनाएको छ। नेप्सेका प्रबक्ता मुराहरी पराजुलीले सिस्टमले 'डाटा थ्रो ' नगरेकोले साइटमा अघिल्लो दिन कै विवरण देखिएको बताए। प्राविधिक टिमले यो समस्या समाधन गर्न काम गरिरहेकोले केहि समय मै साइटमा लेटेस्ट डाटा देखिने उनले बताए।

साइटमा नदेखिए पनि कारोबार भने जारि छ। तर कारोबार जारि रहेपनि आफुहरुले पनि पूर्ण विवरण हेर्न नमिलेको एक ब्रोकरले बताए। उनले पुरानोबाट नयाँ सिस्टममा जाँदा विभिन्न कुराहरु सार्नु पर्ने भएकोले साइटमा समस्या देखिएको हुन् सक्ने बताए। साइटमा नदेखिए पनि शेयर खरिद बिक्री भने जारी छ।

अनलाइन ट्रेडिङ शुरु भएको दिन बजार कता जान्छ भन्ने आम लगानीकर्तामा उत्सुकता छ। तर साइटमा भने बजारको विवरण नै नदेखिएकोले लगानीकर्ता यस जानकारी पाउन बन्चित भएका छन्।


 

More form the Internet

loading...