Suvadin, Home
Nepal life 2.75M

पञ्चकन्या माईको नेप्सेमा शेयर कारोबार शुरु

नेप्सेले कम्पनीको शेयर करोबारका लागि ‘पीएमएचपीएल’ संकेत प्रदान गरेको छ। बुधबारबाट यहि संकेतमा कम्पनिको कारोबार सुचारु हुनेछ। पञ्चकन्याको पहिलो कारोबारका लागि स्टक एक्सचेञ्जले १०२ रुपैयाँ ४९ पैसादेखि ३०७ रुपैयाँ ४७ पैसासम्म काराेबार रेन्ज प्रदान गरेको छ। यहि रेञ्जबाट कम्पनीको पहिलो शेयर कारोबारकाे थालनी हुनेछ।

काठमाडाैं, २४ असोज – पञ्चकन्या माई हाइड्रोपावरको शेयर असोज २४ गतेदेखि नेपाल स्टक एक्सचेञ्चमा कारोबार शुरु भएको छ। शेयर बाँडफाँड भएको साढे दुई महिनापछि कम्पनीको शेयर सूचीकरण पश्चात कारोबार खुलेको हो।

नेप्सेले कम्पनीको शेयर करोबारका लागि ‘पीएमएचपीएल’ संकेत प्रदान गरेको छ। बुधबारबाट यहि संकेतमा कम्पनिको कारोबार सुचारु हुनेछ। पञ्चकन्याको पहिलो कारोबारका लागि स्टक एक्सचेञ्जले १०२ रुपैयाँ ४९ पैसादेखि ३०७ रुपैयाँ ४७ पैसासम्म काराेबार रेन्ज प्रदान गरेको छ। यहि रेञ्जबाट कम्पनीको पहिलो शेयर कारोबारकाे थालनी हुनेछ।

कम्पनीको पहिलो कारोबार १६० रुपैयाँबाट शुरु भएको छ। समाचार तयार पार्दासम्म प्रतिकित्ता शेयर १४४ रुपैयाँमा कारोबार भैरहेको छ। धितोपत्र बोर्डको पछिल्लो व्यवस्था अनुसार कुनैपनि कम्पनीको शेयर बाँडफाँड भएको एक सातामै सूचीकरण गरेर कारोबार गर्न सकिने व्यवस्था भैसकेको छ। पञ्चकन्या माइको समयमै वित्तीय विवरण सार्वजनिक गर्न नसक्दा कारोबारमा ढिलाई हुँदै अाएकाे थियाे।

पञ्चकन्या माइले गत साउन १ देखि ४ गतेसम्म ११ लाख कित्ता आर्इपिओ निष्काशन गरेर साउन ११ गते बाँडफाँड गरेको थियो। जसमध्ये ४ प्रतिशत बराबरको ४४ हजार कित्तना कर्मचारीहरु तथा पाँच प्रतिशत अर्थात ५५ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्टाएर १० लाख एक हजार कित्ता आम सर्वसाधारणमा बाँडफाँड गरको थियो।


 

More form the Internet

loading...