Suvadin, Home
Citizen Bank 392.8k
Bridge Water

पञ्चकन्या मार्इकाे निष्काशीत शेयर भन्दा बढी रकम संकलन गर्याे

गत माघ ५ गतेदेखि २३ गतेसम्म शेयर आह्वान गरेको उक्त हाइड्रोमा लक्ष्यभन्दा बढी शेयर रकम संकलन भएको उक्त आयोजनाका कार्यकारी निर्देशक सन्तोषकुमार प्रधानले जानकारी दिएका छन्। आयोजनाले ११ लाख कित्ता अर्थात रु ११ करोड शेयर निष्काशन गरेको थियो।
फाइल तस्वीर

काठमाडाैं, २९ माघ – इलाम जिल्लामा सञ्चालित पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले रु ५० करोड मूल्य बराबरको शेयर संकलन गरेको छ। प्रभावित क्षेत्रका बासिन्दाका लागि आह्वान गरेको शेयरका लागि इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकाका बासिन्दा बाट मात्रै उक्त रकम संकलन गरिएको हो। 

गत माघ ५ गतेदेखि २३ गतेसम्म शेयर आह्वान गरेको उक्त हाइड्रोमा लक्ष्यभन्दा बढी शेयर रकम संकलन भएको उक्त आयोजनाका कार्यकारी निर्देशक सन्तोषकुमार प्रधानले जानकारी दिएका छन्। आयोजनाले ११ लाख कित्ता अर्थात रु ११ करोड शेयर निष्काशन गरेको थियो।

आयोजनाले अति प्रभावित र प्रभावितका लागि छुट्टाछुट्टै गरेर ११ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो। अति प्रभावित सन्दकपुर गाउँपालिकाका लागि ६ लाख ६० हजार कित्ता अर्थात ६० प्रतिशत तथा प्रभावित इलाम नगरपालिकामा चार लाख ४० हजार कित्ता अर्थात ४० प्रतिशतशेयर निष्काशन गरेको थियो।

सन्दकपुर गाउँपालिकामा चाहिएभन्दा बढी शेयर रकम संकलन भएको छ। उक्त गाउँपालिकामा ६ लाख ६० हजार कित्ता शेयर निष्काशन गरेकोमा रु १७ करोड शेयर रकम संकलन भएको आयोजनाका कार्यकारी निर्देशक प्रधानले बताएका छन्। 

यस्तै इलाम नगरपालिकामा चार लाख ४० हजार कित्ता शेयर निष्काशन गरेकोमा रु ३३ करोड शेयर रकम संकलन भएको छ। आयोजनाले जिल्लाका तीनवटा बैंक सनराईज, प्रभु र लक्ष्मीसहित सन्दकपुर गाउँपालिकाको कार्यालय र माबु हाइड्रोको कार्यालयबाट शेयर रकम संकलन गरेको थियो।

शेयरमा न्यूनतम २० कित्तादेखि अधिकतम पाँच हजार ५ सय कित्तासम्मका लागि आवेदन गर्न पाउने व्यवस्था गरिएको थियो। कम्पनीले सन्दकपुर गाउँपालिकास्थित माबु, माईमझुवा र सुलुबुङमा अप्पर माई जलविद्युत् आयोजनाबाट १२ मेगावाट क्षमताको अपरमाई आयोजना सञ्चालनमा ल्याएको छ। उक्त अायाेजनामा ६ दशमलव १ मेगावाटको क्यास्केड निर्माण सम्पन्न भएको छ। 

बाह्र मेगावाटको माथिल्लो माई र ६ दशालव १ मेगावाटको माथिल्लो माई ‘सी’ जलविद्युत् आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीका लागि १० प्रतिशत शेयर निष्काशन गरिएको प्रधानले जानकारी दिएका छन्। उक्त आयोजना सन्दकपुर गाउँपालिकाको माबु र सुलुबुङबीचमा रहेको माइखोलामा सञ्चालन भइरहेको छ।