Suvadin, Home

अब पशुपति धर्मशालामा उच्चस्तरीय सुविधा, एक सय ४४ जनासम्म बस्‍न सक्न‍े

काठमाडौं । भारतको सहयोगमा बनेको पशुपति धर्मशाला अब सुविधा सम्पन्‍न हु्ने भएको छ । गत भदौमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट संयुक्तरुपमा उद्घाटन गरिएको पशुपति तिलगंगास्थित नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्‍चालनको जिम्मा होटेल आनन्दले पाएसँगै सुविधा सम्पन्‍न बनाउने प्रतिबद्धता व्यक्त गरेको हो । 


खुला प्रतिस्पर्धामा गरिएको टेन्‍डरमा प्राविधिक र आर्थिक मुल्यांकनमा उत्कृष्ट संस्था होटेल आनन्दले  १० वर्षको लागि वार्षिक भाडा रु १,०५४१६१८ तिर्ने गरी संचालन र व्यवस्थापन गर्ने जिम्मेवारी पाएको हो ।

तिलगंगास्थित १९ रोपनी क्षेत्रफल जग्गामा ८० कोठा भएको उक्त भवनका कोठाहरुलाइ सुविधा सम्पन्‍न होटल स्तरमाजस्तै गरी  एट्‍याच बाथरुम, ट्‍वाइलेट , एसीयुक्त कोठा तथा टिभिको व्यवस्थासहित संचालन गर्न कम्तीमा ७ करोड लाग्‍ने संचालक ओस्कार बतासले बताए । 

सम्पूर्ण कानुनी विधि प्रक्रिया पूरा गरि प्रतिस्पर्धामक रूपमा ढिलै भए पनि धर्मशाला भवन हस्तान्तरण भएको र सो धर्मशाला संचालन गर्दा हुने बार्षिक आम्दानीको कम्तीमा ५ प्रतिशत रकम सामाजिक सेवामा लगाउनुपर्ने र शुद्ध साकाहरी भोजन मात्र र मादक पदार्थ विक्रि गर्न नपाईने अनिवार्यता शर्त रहेको पशुपती विकास कोषका सदस्य सचिव डा. प्रदिप पौडेलले बताए । 

उक्त धर्मशाला भवन संचालन गर्न कम्तीमा एक सय ४४ जनालाई रोजगारी दिने , प्रतीव्यक्ती रु ३५० देखि बढीमा तीन हजार नौ सय ९९ लाग्‍ने र करार अवधी समाप्ती सम्ममा कोषलाई कम्तिमा २१ करोड भाडा भुक्तानी हुने र आउदो दशैंसम्ममा संचालन हुने योजना ओस्कारको रहेको छ ।


 

More form the Internet

loading...