Suvadin, Home

Cover Image

पाइपलाइन उद्घाटनसँगै पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

मंगलबार दिउँसो १२ बजेपछि लागु हुने गरी मट्टीतेल डिजल र पेट्रोलमा प्रति लिटर दुई–दुई रुपैयाँ घटाइएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले जानकारी दिए ।

अब पेट्रोलको प्रतिलिटर १०७ र डिजल–मट्टीतेलको प्रतिलिटर ९५ खुद्रा मूल्य कायम भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले आजै भिडियो कन्फरेन्समार्फत स्विच थिचेर पेट्रोलियम पाइपलाइनको उद्घाटन गरेका छन् । 


 

More form the Internet

loading...