Suvadin, Home

Cover Image

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड : तोलाको ७१ हजार

काठमाडौं । सुनले हरेक दिन नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार (आज) पनि तोलामा १ हजारले बढेर नयाँ रेकर्ड कायम गरेको हो । 

पछिल्लो समयमा सुनको मुल्य लगातार बढी रहेको छ । एक सातामा तीन हजार रुपैयाँले सुनको मुल्य बढेको छ । गत साउन २१ गते सुन प्रतितोला ६८ हजार रुपैयाँ थियो । मंगलबार तीन हजार रुपैयाँले बढेर ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार ७० हजार रुपैयाँमा कारोबार भएको थियो । 

पछिल्लो समयमा युरोपमा भएको आर्थिक मन्दी, अमेरिका र चिनबीचको व्यापार युद्ध र इरानमा अमेरिकाले लगाएको प्रतिवन्धका कारण लगानीकर्ताहरु सुनतर्फ आकर्षित हुँदा सुनको मुल्य बढेको हो। 

यसदिन चाँदी प्रतितोला ८३५ रुपैयाँमा कारोबार भइरहेको छ ।


 

More form the Internet

loading...