Suvadin, Home
Nepal life 2.6M

सुनको मूल्य ६ सय रूपैयाँले वृद्धि

अमेरिकी डलरको तुलनामा भारु कमजोर भएका कारणले आन्तरिक बजारमा पहेँलो धातुको मूल्य बढेको महासंघले जनाएको छ।

काठमाडौं, १८ मंसिर – नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ५७ हजार ४०० मा कारोबार भइरहेको छापावाल सुन मंगलबार ६०० रुपैयाँले बढेर प्रतितोला ५८ हजार ३०० रुपैयाँमा कारोबार भएको छ।

अमेरिकी डलरको तुलनामा भारु कमजोर भएका कारणले आन्तरिक बजारमा पहेँलो धातुको मूल्य बढेको महासंघले जनाएको छ। आइतबार प्रतितोला रु ५७ हजार १०० मा कारोबार भएको तेजावी सुन मंगलबार रु ९०० ले बढेर रु ५८ हजारमा कारोबार भएको छ।

केही दिन स्थिर रहेको चाँदी म‌गलबार रु २० ले बढेर रु ७२० मा कारोबार भएको छ। महासंघले मंगलबार १० ग्राम सुनको मूल्य रु ४९ हजार ९८५ कायम गरेको छ। त्यस्तै १० ग्राम चाँदीको रु ६०९ कायम भएको छ। 


 

More form the Internet

loading...