Suvadin, Home

राजनीतिकर्मी शाहीले सुरु गरे होटल व्यवसाय

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका निवर्तमान उपाध्यक्ष पुष्पकुमार शाही होटल व्यवसाय सुरु गरेका छन् । 

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका निवर्तमान उपाध्यक्ष पुष्पकुमार शाही होटल व्यवसाय सुरु गरेका छन् । 

काठमाडौंको दरबारमार्गमा ‘रोयल थकाली रेस्टुरेन्ट एन्ड लाउन्ज बार’ नामक होटल सञ्चालन गरेर उनी व्यवसायतर्फ लागेका हुन् । शाहीले साझेदारीमा होटेल व्यवसाय सुरु गरेका छन् ।

शाहीले अछामका नरेश शाही, बाजुराका सरोज शाही, बझाङका लोकेन्द्र रोकाय र डोटीका दिनेश कलेलसँगको साझेदारीमा झन्डै एक करोडको लगानीमा ‘रोयल थकालीरेस्टुरेन्ट एन्ड लाउन्ज बार’ सुरु गरेको बताएका छन् । उक्त होटेलको सोमबार चलचित्रकर्मी नीर शाहले उद्घाटन गरे । 

उनका व्यावसायिक साझेदार रोकाय पनि नेविसंघका पूर्व केन्द्रीय सदस्य हुन् । शाहीले राजनीति र होटल व्यवसायलाई एकसाथ अगाडि बढाउने जनाएका छन् । 

'राजनीति कमाई गर्ने ठाउँ होइन। राजनीतिमा लागेको मान्छेले विशुद्ध रुपमा समाज सेवा गर्नुपर्छ', उनले भने, 'मान्छे आर्थिक रुपमा बलियो भने राजनीतिमा पनि सफल हुन्छ।'


 

More form the Internet

loading...